अष्ट्रेलियामा कुन कामको कमाई कति ?

समाचार

अष्ट्रेलिया । अष्ट्रेलियाको कर विभागले अष्ट्रेलियामा सबैभन्दा बढी कमाइ हुने कामको सुची सार्वजनिक गरेको छ । विभागले दश उत्कृष्ट कामलाई समावेश गरेर सुची सार्वजनिक गरेको हो । सार्वजनिक गरेको सुचीमा उच्च दक्षता अन्तर्गतका कामहरु परेका छन् ।

अष्ट्रेलियामा अहिलेको अवस्थामा सबैभन्दा बढी कमाइ सर्जनहरुले गर्न सक्छन् । सर्जनको आम्दानी अहिले करिब ४ लाख डलर रहेको छ। अष्ट्रेलियामा हाल सर्जनको पदमा ३ हजार ८ सय २२ जना कार्यरत छन् । उक्त सुचीमा साइकोथेरापिस्ट, इन्जिनियर, म्यानेजर आदि परेका छन् ।

त्यस्तै  विकास निर्माणले पाएको तीव्र गति,सूचना प्रविधिको उच्च विकासले मात्र होइन प्राकृतिक विपत्तिहरुका कारण पनि इञ्जिनियरको माग उच्च छ । अझ नेपालमा त इञ्जिनियर हुनु भनेको वेग्लै मान र शान बढ्नु हो । किनभने यो नेपालको सम्मानित पेशामा पर्दछ ।

अष्ट्रेलियामा पनि उद्योग,डिजाइन,उत्पादन,औजार,निर्माण लगायतका क्षेत्रमा इञ्जिनियरहरुको माग बढ्दो छ । त्यसैले अष्ट्रेलियामा करियर बनाउँन चाहनेका लागि यो राम्रो क्षेत्र हुनेमा सन्देह छैन ।

अष्ट्रेलियामा विशेष गरि मेकानिकल,इलेक्ट्रीकल,केमीकल,सीभील र क्यानुफ्याक्चरिङ विधाका इञ्जिनियरहरुको माग बढी छ । माग बढी भएपछि रोजगारीको अवसर र आम्दानी राम्रो हुने नै भयो । तर त्यसका लागि कम्तीमा कुनै पनि इञ्जिनियरिङ विधामा स्नातक पूरा गरेको हुन आवश्यक छ ।

यस्तो छ सुची 

Leave a Reply

Your email address will not be published. Required fields are marked *