युइएफए नेसन्स लिगमा इंग्ल्यान्डले आइसल्यान्डमाथि जित निकालेको छ। समूह ए-२ को खेलमा इंग्ल्यान्डले आइसल्यान्डलाई १-० गोलले पराजित गरेको हो।
इंग्ल्यान्डको जितमा रहिम स्टर्लिङ्ले गोल गरे। स्टर्लिङ्ले दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा पेनाल्टीमार्फत गरेको गोल निर्णायक बन्यो।
खेलको अन्तिम मिनेटमा आइसल्यान्डका इन्गासनले ह्यान्ड गरेपछि इंग्ल्यान्डले पेनाल्टीको अवसर पाएको थियो।
ह्यान्ड गरेका इन्गासनले दोस्रो पहेँलो कार्ड (रातो कार्ड) पाउँदा खेलको अन्त्यमा आइसल्यान्ड १० खेलाडीमा सीमित बनेको थियो।
इन्जुरी टाइमको दोस्रो मिनेटमा आइसल्यान्डले पनि पेनाल्टीको अवसर पायो।
इंग्ल्यान्डका जेसेप गोमेजले आइसल्यान्डका फ्रिडोनसनलाई पेनाल्टी एसियामा फल गरेका थिए।
प्राप्त पेनाल्टीमा आइसल्यान्डका बजारनासन चुके। उनको प्रहार पोस्टमाथिबाट बाहिरिँदा आइसल्यान्डले खेल बराबरी गर्ने सुन्दर मौका खेर फाल्यो।
त्यसअघि खेलको ७० मिनेटमा इंग्ल्यान्ड १० खेलाडीमा सीमित बनेको थियो। इंल्यान्डका डिफेन्डर केल वाकरले खराब फल गरका कारण दोस्रो पहेँलो कार्ड पाएका थिए।
यो समूहको अर्को खेलमा बेल्जियमले डेनमार्कलाई २-० गोलले पराजित गरेको छ।
समूहमा बेल्जियम ३ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानको इंग्ल्यान्डले पनि ३ अंक नै जोडेको छ।