निजी ल्याबमा परीक्षण गरेका कोरोना संक्रमितले बिमाको दाबी भुक्तानी नपाउने

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १९ भदाै

फाइल तस्बिर

निजी ल्याबमा कोरोना परीक्षण गरी पोजेटिभ देखिएका संक्रमितले कोरोना बिमाको दाबी भुक्तानी नपाउने भएका छन्। बिमा समितिको निर्देशन भन्दै बिमा कम्पनीहरूले निजी ल्याबबाट भएको परीक्षणको बिमा दाबी भुक्तानी नदिन आफ्ना कर्मचारीलाई परिपत्र गरेका छन्।

‘बिमा समितिको परिपत्रअनुसार कोभिड-१९ को दाबी भुक्तानी दिँदा नेपाल सरकार स्वास्थ्य मन्त्रालयअन्तर्गतका ल्याब तथा अस्पतालमा भएको परीक्षण रिपोर्टका आधारमा मात्रै दिनु होला,’ उक्त बिमा कम्पनीले परिपत्रमा भनेको छ, ‘निजी ल्याब तथा अस्पतालमा गरिएको परीक्षणका आधारमा भुक्तानी नदिनु होला।’

बिमा समितिले पनि कोरोना परीक्षण र रिपोर्ट दिने काममा बदमासी भएको भन्दै कडाइ गर्न निर्देशन दिएको थियो। कोरोना बिमा मापदण्ड २०७७ मा ‘नेपाल सरकार स्वास्थ्य मन्त्रालयअन्तर्गतका निकायबाट पिसीआर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण देखिएको प्रमाण पेश भएमा ७ दिनभित्र दाबी भुक्तानी गर्नुपर्नेछ,’ उल्लेख छ।

बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पछिल्लो समयमा बदमासी बढेकाले कडाइ गरिएको बताए। ‘अहिले निजी ल्याबमा गरिएको परीक्षणमा फ्रड देखियो भन्ने कुरा धेरै आयो, त्यसैले गर्दा सरकारी निकायबाट भएको परीक्षणका आधारमा मात्रै भुक्तानी गर्न भनेका हौँ,’ उनले भने।

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमणको प्रमाण दिए दाबी भुक्तानीमा समस्या नहुने पौडेलले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *