प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाउँदै रवि 

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

काठमाडाैं, १३ माघ

सर्वोच्चको फैसला आएपछि गृहमन्त्रालयबाट निस्किँदै रवि लामिछाने
सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका रवि लामिछानेले बालुवाटार गएर राजीनामा दिने भएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उनले राजीनामा बुझाउने तयारी गरेको उनका सहयोगी प्रकाश सिग्देलले बताए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लामिछाने ११ पुसमा उपप्रधानसहित गृहमन्त्री बनेका थिए ।

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको सांसद पद खारेज गरेको थियो । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च अदालतले लामिछाने उम्मेदवार हुन पनि अयोग्य भएको ठहर गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *