शुक्रबार १३४४ काेराेना संक्रमित संक्रमणमुक्त

विशेष समाचार समाचार स्वास्थ्य

न्यूजअपडेट

काठमाडाैं, १९ भदाै

पछिल्लो २४ घन्टामा थप १ हजार ३ सय ४४ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

योसँगै नेपालमा २५ हजार ५ सय ६१ जना संक्रमित उपचारपछि निको भएका छन्।  ताप्लेजुङ, सोलुखुम्बु, मुस्ताङ, मुगु र हुम्ला गरी ५ जिल्लामा संक्रमित शून्य भएका छन्।

आज मन्त्रालयका अनुसार १३ हजार ६ सय ३८ जनाको पिसिआर परीक्षण भएको छ। योसँगै अहिलेसम्म ७ लाख ४५ हजार ४ सय ९० जनाको पिसिआर परीरक्षण भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ६ हजार ५ सय ६१ जना क्वारेन्टाइनमा छन्। सक्रिय संक्रमितको संख्या १८ हजार ६ सय ४ रहेको छ।

कुन प्रदेशमा कति डिस्चार्ज 
प्रदेश १– २००१
प्रदेश २– ७३५७
बाग्मती प्रदेशमा– २०६७
गण्डकी प्रदेशमा– १७१७
प्रदेश ५ मा– ५२७६
कर्णाली प्रदेशमा– २१३७
सुदूरपश्चिम प्रदेशमा– ५००६

Leave a Reply

Your email address will not be published. Required fields are marked *