लामो दूरीको सार्वजनिक यातायात भदौ मसान्तसम्म नखोल्ने मन्त्रिपरिषद्को निर्णय

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेटकाठमाडाैं, १४ भदाै

cabinet

सरकारले लामो दूरीको सार्वजनिक यातायात भदौ मसान्तसम्म नखोल्ने भएको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले भदौ १५ गतेदेखि खुल्ने भनिएको लामो, मध्यम तथा छोटो दूरीको सार्वजनिक बस सेवा भदौ मसान्तसम्म नखोल्ने निर्णय गरेको हो । यसअघि भदौ १५ गतेदेखि लामो, मध्यम तथा छोटो दूरीको सार्वजनिक बस सेवा सञ्चालन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।

कोरोनाको संक्रमण थप बढेको निष्कर्ष निकाल्दै आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले लामो, मध्यम तथा छोटो दूरीका सार्वजनिक यातायात भदौ मसान्तसम्म रोक लगाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले हङकङको महावाणिज्यदूतमा उदयबहादुर रानामगरलाई नियुक्त गरेको छ । रानामगर यसअघि झापाको प्रमुख जिल्ला अधिकारी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *