वि.सं.२०७७ भदाै १५ गते सोमबारको राशिफल

कला/साहित्य समाचार

न्यूज अपडेट

भक्तपुर, १५ भदाै

वि.सं.२०७७ साल भाद्र १५ गते । सोमबार । ईश्वी सन् २०२० अगष्ट ३१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि–त्रयोदशी,०७ घडी २० पला,बिहान ०८ बजेर ३८ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–श्रवण,१५ घडी ३१ पला,दिउसो ०३ बजेर ५५ मिनेट उप्रान्त धनिष्ठा । योग– शोभन,२३ घडी ५५ पला,दिउसो ०३ बजेर १६ मिनेट उप्रान्त अतिगण्ड । करण– तैतिल,बिहान ०८ बजेर ३८ मिनेट उप्रान्त गर,बेलुकी ०८ बजेर ४२ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४२ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २३ मिनेट । दिनमान ३१ घडी ४३ पला । धनिष्ठा पञ्चक आरम्भ ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरीको गतिलो सम्भावना रहेकोछ । स्रोत साधन जुट्नाले व्यापार व्यावसायमा सोचेभन्दा बढिनै आम्दानी हुनेछ । माया प्रेमको गाठो कसिलो हुनुको साथै जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा प्रतिस्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

समाजमा लोकप्रिय काम गरी दाम तथा दाम दुवै कमाउन सकिनेछ भने राज्यको तर्फबाट सम्मानित हुने योग रहेकोछ । राजनीति तथा समाजसेवामा अरुको मन जित्दै तथा अरुलाई प्रतिस्पर्धामा हराउँदै पद पाउने प्रशस्त सम्भावना रहेकोछ । धर्म कर्ममा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्रा हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

घर परिवारमा आफन्त तथा दिदी बहिनीहरुबीच तिक्तता देखिन सक्छ । बाहिरी वातावरण तथा खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । पढाइ लेखाइमा ध्यान नजादा नतिजा अरुकै पक्षमा आउनेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्दा सम्बन्ध बिग्रने खतरा रहेकोछ । आफ्नै कमजोरीले पछि पर्ने समय रहेकोछ ध्यान दिनुहोला ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

नयाँ ठाउँमा गएर मिष्टान्न भोजन ग्रहण गर्ने अवसर आएपनि स्वास्थ्यमा समस्या देखिन सक्छ ध्यान दिनुहोला । माया प्रेममा मनमुटाब सिर्जना भई नचाहादा नचाहादै छुट्टिनु पर्ने बाध्यता हुनसक्छ । भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने भएपनि जस नपाइने समय रहेकोछ । व्यापार व्यवसायमा लगानी गर्नको लागि केही समय कुर्नुनै राम्रो हुनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

व्यापारमा व्यवसायमा प्रतिस्पर्धा आम्दानी बढाउन सकिनेछ । नोकरीमा सहकर्मीहरुलाई किनारा लगाउँदै अग्र स्थानमा तपाईको नाम आउनेछ भने पदोन्नतिको गतिलो सम्भावना रहेकोछ । शत्रुलाई परास्त गर्न सकिनेछ भने न्यायालय तथा अदालतबाट हुने निर्णयहरु तपाईकै पक्षमा आउनेछ । पठन पाठनमा प्रगति गरी आफन्त तथा गुरुवर्गहरुलाई खुसि राख्न सकिनेछ । प्रेम सम्बन्ध सुदृड हुनेछ भने घर परिवारमा आत्मियता बढ्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

तपाईको बौद्धिकतालाई सबैले सम्मान गर्नेछन् भने नया प्रबिधिको प्रयोग मार्फत खोजिमुलक काम गर्न सकिनेछ । शिक्षा क्षेत्र जस्तै स्कुल कलेज तथा यस्तै संस्थासँग सम्बन्धित कामहरुबाट मनग्गे आम्दानी गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुने सकिनेछ । चिठ्ठा तथा उपहार प्राप्तिको गतिलो सम्भावना रहेकोछ भने माया प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

सवारी साधन तथा घर जग्गाको खरिद विक्रीबाट केही मात्रमा लाभ लिन सकिनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्नेछ । व्यवस्थापन  ज्ञानको कमीले आर्थिक कारोबार बिग्रने सम्भावना रहेको छ । आत्मीय मित्र तथा आमासँग छुट्टिएर लामो दुरीका यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । पढाइ लेखाइमा नतिजा आफ्नो पक्षमा पार्नको लागि अरुदिन भन्दा बढी मेहनत गर्नुपर्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

दाजुभाइसँग मिलेर गरिने कुनै पनि व्यवसाय फस्टाएर जानेछ भने राम्रै आम्दानी हुने तथा रोजगारीका अवसरहरु जुट्नेछन् । आट तथा साहस बढेर जानेछ भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । अध्ययनमा प्रगति भएर जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । खेलकुद तथा यस्तै साहशिलो काममा समय लगानी गर्नेहरुले सकारात्मक नतिजा हात पार्नेछन् ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

थोरै समय र सानो लगानी गरी शुरु गरिने व्यवसायबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग भेटी नयाँ कामको योजना बुन्न सकिनेछ । पारिवारिक सभा समारोहमा सहभागी भई स्वादिष्ट भोजनका साथ रम्न सकिनेछ । प्रणय सम्बन्धमा सुधार आउनुको साथै नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउने प्रवल सम्भावना रहेकोछ । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरुले अलि बढी मेहनत गरे जनताको मन जित्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

गीत संगीत तथा मोडलिङ पेशा व्यवसायमा समय दिनेहरुले चित्तबुझ्दो आम्दानी गर्न सक्नेछन् । योजना अनुरुप समयमा कामहरु सुचारु हुनेहुँदा मन प्रशन्न रहने तथा आर्थिक रुपमा सबल होइनेछ । नीति निर्माण तहमा तपाईको उपस्थितिले समाज तथा राष्ट्र निर्माणमा ठूलो सहयोग पुग्नेछ भने प्रतिस्पर्धिहरु तपाईको क्षमता देखेर आफै किनारा लाग्नेछन् । पढाइ लेखाइमा प्रगति हुने हुनाले आफन्त तथा गुरुवर्गहरु खुसि भई तपाईको प्रशंसा गर्नेछन् ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

कमर्शियल निर्णयहरु आजको दिन ठाँति राख्नु होला किनकी व्यापार व्यावसायमा घाटा लाग्ने योग रहेको छ भने बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यवसायमा लगनी बढाउँदा प्रशस्त नाफा कमाउन सकिनेछ । साना तिना कामका अल्झनु पर्दा अध्ययन तथा अध्यापनमा समय दिन सकिने छैन । स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखा पर्नेछ । यात्रा गर्दा ध्यान दिनुहोला तपाईको यात्रा कष्टपूर्ण हुन सक्छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आएस्रोतका बाटाहरु फराकिला हुने तथा रोजगारीका अवसरहरु सिर्जना गरी रोजगार दिन सकिनेछ । भौतिक तथा मानव निर्मित भोगबिलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्ध सुदृड हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा समय लगानसी गर्दा गुरुवर्ग तथा परिवारजनको सहयोग पाईने सकारात्मक नतिजा निकाल्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *