६०९४ जना कोरोना संक्रमित होम आइसोलेसनमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १ पुस

देशभर हाल ६ हजार ९४ कोरोना संक्रमित होम आइसोलेसनमा छन्। ९ हजार ७ सय ५७  कुल सक्रिय संक्रमितमध्ये ६ हजार ९४ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बाँकी ३ हजार ६ सय ६३ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।

होम आइसोलेसनमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ। बागमती प्रदेशमा मात्र ३ हजार २ सय ५५ जना संक्रमित होम आइसोलेसनमा छन्।

प्रदेश १ मा ३ सय १३, प्रदेश २ मा ४४, गण्डकी प्रदेशमा ९ सय ६८, लुम्बिनी प्रदेशमा ७ सय ९८, कर्णालीमा १ सय ७ र सुदूरपश्चिममा ६ सय ९ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *