चीनले बनाएको कोरोना विरुद्धको खोपको मूल्य तोकियो

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

एजेन्सी, ११ भदाै

यो महिनाको शुरुतिर एउटा चिरपरिचित चिनियाँ व्यावसायिक घरानाको प्रमुखले आफ्ना कर्मचारीलाई कोभिड १९ को खोप नोभेम्बरसम्म बजारमा आइसक्ने सम्भावना रहेको बताएका थिए। स्वास्थ्यसेवामा पनि लगानी भएको उक्त घरानाका प्रमुखले यसलाई आर्थिक सुधारको अवसरका रूपमा हेरेको बताउँदै आफ्नो कम्पनीको व्यापार धेरै हुनसक्ने अपेक्षा व्यक्त गरेका थिए। त्यसको केही सातापछि चिनियाँ सरकारले खोपमा भइरहेको प्रगतिबारे जानकारी दियो।

कोरोना भाइरस महामारी चीनमा शुरु भएर विश्वभरि फैलिएको हो। अहिले चीनले आफ्नो सबै शक्ति लगाएर कोरोना भाइरसविरुद्ध प्रभावकारी खोप विकास गर्ने प्रतिस्पर्धा जित्ने प्रयासमा छ।

विकासको क्रममा रहेको एउटा खोपको तस्बिर गत साता सरकारी सञ्चारमाध्यममा छापियो। तस्बिरमा प्रयोगशालामा एउटी महिलाले खुसी हुँदै एउटा सानो बाकस समातेकी छन्। सिनोफार्मले डिसेम्बरसम्ममा खोप बजारमा ल्याउने आशा गरेर यसको मूल्य १४० डलर (झन्डै १५,००० रुपैयाँ) तोकेको छ।

खोप निर्माण गर्न चीन दृढ देखिन्छ। विश्वभरि अन्तिम चरणका परीक्षणमा रहेका छमध्ये आधा खोप चिनियाँ हुन्। विश्वव्यापी परीक्षण खोप विकासको अनिवार्य सर्त हो। तर, रमाइलो के छ भने चीन आफ्नै देशमा आवश्यकताअनुसार खोप परीक्षण गर्ने अवस्थामा छैन किनभने कोरोनाभाइरसलाई त्यहाँ सफलतापूर्वक नियन्त्रण गरिएको छ।

‘सबै खोप निर्माताहरू हजारौँ व्यक्तिमाथि गरिने तेस्रो चरणको परीक्षणका लागि कोरोनाभाइरस सङ्क्रमण उच्च भएका स्थान खोजिरहेका छन्, ‘हङ्‍कङ यूनिभर्सिटी पब्लिक स्कूल अफ हेल्थका प्राध्यापक बेन काउलिङले बताए। उनी चिनियाँसहित अहिले विकास भइरहेका खोपप्रति सकारात्मक छन्। ‘मलाई लाग्छ अहिले तेस्रो चरणमा परीक्षण भइरहेका खोपहरू प्रभावकारी हुने धेरै राम्रो सम्भावना छ।’

रुस र अमेरिकी राष्ट्रपति कार्यालयका केही व्यक्तिले चाहे जस्तो चीन पनि एक कदम अगाडि बढेको छ। चीनका एक वरिष्ठ स्वास्थ्य अधिकारीले गत साता गएको महिनादेखि चीनका प्रमुख सरकारी कर्मचारीहरू माथि खोपको गोप्य परीक्षण गरिएको बताएका छन्। न्याश्नल हेल्थ कमिशनका जेङ जोङ्वेईले सरकारी टीभीमा आफूहरूले आपत्‍कालीन अधिकार प्रयोग गरेर सीमावर्ती क्षेत्रहरूमा विकासक्रममै रहेका खोप दिएको बताएका छन्।

‘डिसेम्बरसम्ममा बजारमा केही खोपहरू आउन सक्छन्। तर आवश्यक पर्ने ठूलो मात्रामा उपलब्ध हुन्छन् कि हुँदैनन् भन्ने मलाई थाहा छैन,’ ‘प्राध्यापक काउलिङले भने। उनको विचारका सन् २०२१ को ग्रीष्मतिर सबै नागरिकलाई कोभिड(१९ को खोप दिन सकिन्छ।

चीनले अहिले यूएई, पेरु र आर्जेन्टिनामा हजारौँ व्यक्तिमा आधिकारिक रूपमा खोपको परीक्षण गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *