हनुमानघाटमा  पनि माधवनारायणको व्रत सम्पन्न

विशेष समाचार समाचार

भादगाउँ, ७ फागुन


भक्तपुरको हनुमानघाट त्रिवेणीधाममा शुरु भएको एक महीने लामो माधवनारायणको व्रत आज सम्पन्न भएको छ । पौषशुक्ल पूर्णिमाको दिन शुरु भएको यो व्रत आज माघ शुक्ल पूर्णिमाको दिन दरबार स्क्वायरमा रहेको भूपतिन्द्र मल्लको मूर्तिमा ईन्द्रकलश चढाएर हनुमानघाटमा फर्केर माधवनारायणलाई एकसय आठ अक्षतमाढी( ध्यू र चिनीमा मोलेर बनाएको पिठोको सानो रोटी) र फलफूल चढाएर अद्र्य दिई सम्पन्न गरेको हो ।

यस माधवनारायणको व्रतमा व्रत बस्ने महिलाले व्रत शुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्खजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको छ ।

त्यसैगरी पुरुष व्रतालुले शरीरमा एकसरो सेतो कपडा लगाएर जमीनमा घस्रिँदै विभिन्न नारायण मन्दिरको दर्शन गर्नुका साथै विभिन्न तीर्थस्थलमा गई कलशयात्रा गर्नुपर्ने परम्परा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *