भारतमा एकै दिन थपिए ७५ हजारभन्दा बढी कोरोना संक्रमित

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

एजेन्सी, ११ भदाै

भारतमा कोरोना महामारी झन् चर्कँदो छ। बुधबार २४ घण्टामा त्यहाँ ७५ हजार ९ सय ९५ संक्रमित थपिएका छन्। एकै दिन यतिधेरै संक्रमित थपिएको यो रेकर्ड हो। यसअघि २२ अगष्टका दिन ७० हजार ६७ संक्रमित थपिएका थिए। एकै दिन धेरै संक्रमित थपिने मुलुकमा भारतले अमेरिका र ब्राजिललाई समेत पछाडि पारेको हो। ती मुलुकमा हाल दैनिक २० देखि २५ हजार संक्रमित थपिने गरेका छन्।

बुधबार २४ घण्टामा १ हजार १७ जनाको मृत्यु भएको छ भने ५६ हजार १ सय ९१ जना निको भएका छन्। भारतमा संक्रमणबाट हुने मृत्यु दर १ दशमलब ८३ प्रतिशत रहेको बताइएको छ।

यसैबीच, कोरोना संक्रमण झन् तीव्र रुपमा बढ्न थालेपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले परीक्षणको संख्या बढाउने जनाएका छन्। अब दैनिक ४० हजार परीक्षण गरिने उनको भनाइ छ।

इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चका अनुसार मंगलबार भारतभर ८ लाख २३ हजार ९ सय ९२ परीक्षण गरिएको र हालसम्म ३ करोड ७६ लाख ५१ हजार ५ सय १२ नमुना परीक्षण गरिएको जनाएको छ।

संक्रमण बढेपछि पश्चिम बंगालमा ७, ११ र १२ सेप्टेम्बरमा लकडाउन घोषणा गरिएको छ। मुख्यमन्त्री ममता बनर्जीले लकडाउनका क्रममा अत्यावश्यकबाहेकका सेवा बन्द रहने उल्लेख गर्दै यसबाट संक्रमण फैलन रोकिने जनाएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *