वि.सं.२०७७ भदाै १० गते बुधबारको राशिफल

कला/साहित्य समाचार

न्यूज अपडेट

भक्तपुर, १० भदाै

वि.सं.२०७७ भाद्र- १०,बुधबार ,ई.सं. २०२० अगष्ट – २६,शक संवत्-१९४२,नेपाल संवत्-११४० ञलाथ्व,प्रमादी,दक्षिणायन,वर्षा,भाद्र शुक्लपक्ष तिथि-अष्टमी , १४:२१ बजे उप्रान्त नवमी,नक्षत्र-अनुराधा , १७:३० बजे उप्रान्त ज्येष्ठा,योग-वैधृति , २४:३२ बजे उप्रान्त विष्कम्भ,करण-वव १४:२१ बजेदेखि वालव , २५:२२ बजे उप्रान्त गर,चन्द्रराशि-वृश्चिक,आनन्दादि योग-सौम्य, सूर्योदय-५:४०, सूर्यास्त-१८:२,दिनमान-३२ घडी ०२ पला, व्रत/पर्व-बुधाष्टमी व्रत, दुर्वाष्टमी,काय अष्टमी, गौरा पर्व, गोरखकाली पूजा,महालक्ष्मी व्रत प्रारम्भ, श्रीराधाजन्मोत्सव, कागेश्वर मेला, ललितपुरमा दशमहाविद्या पूजा, थकाली समुदायको फालो पर्व, सर्वार्थसिद्धि योग १७:३० बजेसम्म।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

संकल्प गरेको काम सफल हुनेछ,स्वास्थ्य प्रति सजक हुन एकदमै जरूरी छ ,आर्थिक समस्या पर्ने छ,झगडा पनि हुनसक्छ, आजको शुभ अंक ४ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

गोपनीयतामा ख्याल गर्नु होला,केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,आर्थिक समस्या पर्ने छ, आजको शुभ अंक ७ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

मेला, उत्सव, भिडभाड बाट बच्नु होला,बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला,अप्रिय घटना हुनसक्छ, मानसम्मानमा बढ्नेछ, आजको शुभ अंक ७ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

विगतका कमि कमजोरीले गर्दा हेपिनु पर्छ भने बन्न लागेको काम बिग्रिने छ,गौ माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ, आजको शुभ अंक ३ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

किनमेल गर्दा सजग रहनु होला झुटको आरोप लाग्न सक्छ,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,पति पत्नी बिचमा मन मुटाव हुनेछ, आजको शुभ अंक १० रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

आफन्तको विश्वास पर्दा धोका हुनेछ,खर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला, आजको शुभ अंक १ रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते)

लामो समय देखि तनाव रहेको काम बन्ने योग देखिन्छ,बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ, आजको शुभ अंक ५ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

अर्काको विश्वास पर्दा आत्मा घाती हुनेछ,घर–गृहस्थीमा भने समस्या आउन सक्छ,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ, आजको शुभ अंक ४ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

मनमा कुरा खेलाउदा काम बिग्रिन सक्छन,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ, आजको शुभ अंक २ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

गुप्त रोगले सताउने छ,बोलीमा विचार पुराउनु होला,अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ,पारिवारिक जीवनमा मतभेत रहनेछ, आजको शुभ अंक ६ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

यात्रा गर्दा अपमानित हुनुपर्ला,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ, आजको शुभ अंक ९ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,सहयोगीहरूले काममा साथ दिनेछन्,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला, आजको शुभ अंक ८ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *