Friday, May 17, 2024

भक्तपुरमा समुदाय स्तरमै कोरोना फैलियो सजक रहन आग्रह

विशेष समाचार समाचार स्वास्थ्य

भक्तपुरमा कोरोना संक्रमितको संख्या पछिल्लो समय ह्रवातै बढेको छ । भक्तपुरमा आइतबारसम्म जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार २४७ जान संक्रमित रहेको जनाएको छ ।

जसमा ९५ प्रतिशत भक्तपुरका स्थानीय नभएर भक्तपुरमा बसोबास गर्नेको संख्या रहेको जिल्ला स्वास्थ्य कार्यालय म.इ अधिकृत उर्मीला आर्चायले जानकारी दिइन् । उनले भक्तपुरमाा कोरोना समुदाय स्तरमै फैलिसेकेको र डरलाग्दो अवस्था तर्फ अघि बढेको बताइन् । भक्तपुरमा दश घरमा संक्रमण देखिएको छ । जस्तै स्थानीय, स्वास्थकर्मी , सुरक्षाकर्मी लगायतमा देखिएको संक्रमणलाई हेर्दा समुदाय स्तरमै कोरोना फैलिएको उनले जानकारी दिइन् ।

भक्तपुरमा हालसम्म कोरोना संक्रमित मध्ये ६० जना कोराना जितेर घर फर्किसकेका छन् भने अन्य होम र अस्पतालको आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोरोनाको जोखिम न्यूनीकरण गर्न सरकारले जारी गरेको निर्देशनलाइ सबैले पालन गरी सहयोग गरिदिन समेत अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *