Friday, May 17, 2024

संघीय सरकारको लापरवाहीकै कारण उपत्यकामा संक्रमित बढे : मदनसु्न्दर

विशेष समाचार समाचार स्वास्थ्य

संघीय सरकारलाई उपत्यका प्रबेशका नाकाहरु बारम्बार कडाई गर्न आग्रह गरेता पनि त्यस तर्फ सरकारले ध्यान दिन नसक्दाको परिणाम उपत्यकामा दैनिक २०० भन्दा बढी संक्रमित देखिएको उनले बताए ।

कोरोना संक्रमितको संख्या उपत्यकामा ह्रवातै बढेसँगै आइसोलेसन र भ्यान्टिलेटर सहितको आइसियू वार्डको अभावमा संक्रमितहरु होम आइसोलेसनमा बस्न बाध्य भएको उनले बताए ।

उपत्यका नगरपालिका फोरमले स्थानीय सरकारले आइसोलेसन र क्वारेन्टाइन सञ्चालन गर्न नसक्ने बारम्बार संघीय सरकारलाई जनाएता पनि संघीय सरकारले बेवस्ता गरेकाे उनको आरोप छ । उनले भने संघीय सरकाले यसको अग्रसरता लिनु पर्ने र स्थानीय तह सहयोगी भुमिका निर्वाह गर्न सक्ने उनले बताए ।

भक्तपुरमा संक्रमितहरुको ब्यवस्थापनका लागि नेपाल बिद्युत तालिम केन्द्र खरिपाटी, भक्तपुर अस्पताल , केएमसी अस्पताल दुवाकोट , नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र गरि झन्डै ८०० देखि १००० आइसोलेसनको तयारी गरिरहेको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *