अध्यक्ष बिजुक्छेँसँग कर्णाली प्रदेशका प्रमुख परियारको भेट

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवददाता
भक्तपुर, १६ भदौ


नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. नारायणमान बिजुक्छेँ (रोहित) सँग कर्णाली प्रदेशका प्रमुख तिलक परियारले शुक्रबार भेट गरेको छ ।
भेटको क्रममा अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिकाले पार्टी नीतिलाई व्यवहारमा लागू गरिरहेको बताए ।
उनले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षण गरिरहेको उल्लेख गर्दै अन्य पालिकाले पनि आ–आफ्नो क्षेत्रको विकास गर्न सके जनतालाई फाइदा हुने विचार व्यक्त गरे ।
प्रदेश प्रमुख परियारले भक्तपुर नगरपालिकाले गरिरहेको कामबाट आफू प्रभावित भएको बताएको थियो ।


सोही क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पार्टी नीति र निर्देशनमा भक्तपुरमा समाजवादका आधारहरु निर्माण गरिरहेको उल्लेख गरे ।
उनले स्थानीय तहदेखि केन्द्रसम्म कम्युनिष्ट पार्टीका धेरै सदस्यहरु निर्वाचित भएका छन्, तर कम्युनिष्ट सिद्धान्त र विचारअनुसार काम हुन नसकेको स्पष्ट पारे ।
भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मालगायतको उपस्थिति रहेको थियो ।
नगर प्रमुख प्रजापतिले प्रदेश प्रमुख परियारलाई मयुरको झ्याल र भक्तपुर नपाका प्रकाशनहरु उपहारस्वरुप प्रदान गरेको थियो ।
प्रदेश प्रमुख परियारले भक्तपुरको दरबार क्षेत्र र टौमढीस्थित सांस्कृतिक सम्पदाहरुको अवलोकन गर्नुका साथै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको समेत अवलोकन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *