काठमाडौं उपत्यकामा ४४५ जना कोरोना संक्रमित थपिए

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १८ भदाै

काठमाडौं उपत्यकामा ४४५ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार ३८ पुगेको छ।

बिहीबार काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।

काठमाडौंमा ५ हजार ६ सय २२ ललितपुरका ८१८ २ र भक्तपुरमा ५९८ संक्रमित पुगेका छन्।

पछिल्लो २४ घन्टामा नेपालमा थप १२२८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४२ हजार ८७७ पुगेको छ।

पछिल्लो २४ घन्टामा थप ९१७ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म  २४ हजार २०७ उपचारपछि निको भएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *