भनपाको नियमित पाक्षिक सरसफाइ कार्यक्रम अन्तर्गत तःमुँज्या स्थल सरसफाइ सम्पन्न

समाचार

भक्तपुर, १५ असोज


भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको नियमित पाक्षिक सरसफाई अन्तर्गत बुधबार भनपा–२ स्थित ३९ औं नेपाल भाषा साहित्य तःमुँज्या स्थल नःपुखु परिसर सरसफाई कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा भनपा प्रमुख सुनिल प्रजापतिले सरसफाइ कार्यक्रम प्रचारको लागि नभई हाम्रो ठाउँ हामी आले सफा गर्नुपर्छ भन्ने भावना विकसित गर्नको लागि आयोजना गरिएको बताउँदै भक्तपुरका जनताको एकताको लागि र सेवाभाव विकास गर्नको लागि पनि निरन्तर सरसफाइ गरिरहनुपर्ने बताए ।


उनले नगरपालिका साझा संस्था भएको र सरसफाइ पनि हामी सबैको साझा जिम्मेवारी भएको हुँदा पाक्षिक रुपमा १–२ घण्टा जनताको सेवाको निम्ति कार्य गरिरहनुपर्ने बताउँदै नजिकिंदै गरेको विजया दशमी र दीपावली २०७६ को शुभकाना व्यक्त गरे ।
कार्यक्रममा उपप्रमुख रजनी जोशीले सरसफाइ एक पटक र एक दिन होइन निरन्तर गरिरहनुपर्ने विचार व्यक्त गर्दै यस कार्यमा सम्पूर्ण जनप्रतिनिधिहरु, कर्मचारीहरु, अगुवा कार्यकर्ताहरु, वडावासीहरु, विभिन्न संघसंस्थाहरु, विद्यालयहरु लगायत समाजसेवीहरुको साथ र सहयोगको अपेक्षा राखे ।
कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकला र ३९ औं तःमुँज्या मूल समारोह समितिका संयोजक श्यामसुन्दर मातांले पनि बोलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *