वि.सं.२०७७ भदौ २ गते मंगलबारको राशिफल

कला/साहित्य समाचार

न्यूज अपडेट

भक्तपुर, २ भदाै

वि.सं.२०७७ भदौ -२, मंगलवार ,ई.सं.२०२० अगष्ट-१८, शक संवत् -१९४२,नेपाल संवत्- ११४० गुँलागा, प्रमादी, दक्षिणायन, वर्षा,भाद्र कृष्णपक्ष
तिथि – चतुर्दशी , ०९:३३ बजे उप्रान्त औंसी,नक्षत्र-अश्लेषा , २८:५८ बजे उप्रान्त मघा,योग-वरियान् , २६:१० बजे उप्रान्त परिघ,करण- शकुनि ०९:३३ बजेदेखि चतुष्पद , २०:५४ बजे उप्रान्त वव,चन्द्रराशि-कर्कट,आनन्दादि योग-आनन्द,सूर्योदय-५:३६,सूर्यास्त-१८:३७, दिनमान-३२ घडी ३२ पला, दर्शश्राद्ध। निशि बार्ने। सर्वार्थसिद्धि योग २८:५८ बजेसम्म।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,अस्वस्थताका बीच कामको बोझ बढ्नेछ, आजको शुभ अंक १ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ,बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ, सहयोगी हातहरू अघि बढ्नेछन् ,आजको शुभ अंक ७ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ ,परिवारमा खुशी छाउनेछ,आफन्त बाट धोका हुन् सक्छ,स्वास्थ्यमा सुधार आउने छ, आजको शुभ अंक ३ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ, आजको शुभ अंक २ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,पारिवारिक जीवनमा मतभेत रहनेछ,सामानहरू छुट्ने/हराउने सम्भावना छ, आजको शुभ अंक ४ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

घरायसी वातावरणमा केही धमिलोपन आउने छ,बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला ,केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, आजको शुभ अंक ५ रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते)

बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्,चोटपटकको सम्भावना छ,झगडा पनि हुनसक्छ,आजको शुभ अंक ८ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ, आजको शुभ अंक ४ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

अप्रिय समाचारले दुःखी बनाउन सक्छ,समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ,साझपख सुधार हुनेछ,जोश जाँगर र हिम्मत बढ्नेछ , आजको शुभ अंक ६ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

स्वास्थ्य प्रति सजक हुन एकदमै जरूरी छ ,मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ, आजको शुभ अंक ९ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,पठन–पाठनमा प्रगति हुनेछ, आजको शुभ अंक ७ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

यात्रा घातक बन्न सक्छ,आर्थिक समस्या पर्ने छ ,व्यावसायिक योजना र त्यसबाट दीर्घ कालीन फाईदा लिन सकिनेछ , आर्थिक संकट पर्नेछ, आजको शुभ अंक १० रहेको छ । राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *