वि.सं.२०७७ भदौ १ गते सोमवारको राशिफल

कला/साहित्य समाचार

न्यूज अपडेट

भक्तपुर, १ भाद्र

वि.सं.२०७७ भदौ -१,सोमवार,ई.सं. २०२० अगष्ट- १७,शक संवत्-१९४२,नेपाल संवत्-११४० गुँलागा,प्रमादी,दक्षिणायन,वर्षा,भाद्र कृष्णपक्ष तिथि-त्रयोदशी ,१०:३१ बजे उप्रान्त चतुर्दशी,नक्षत्र-पुनर्वशु ०५:४१ बजेदेखि तिष्य , २९:३२ बजे उप्रान्त मघा,योग-सिद्धि ०५:५९ बजेदेखि , व्यतीपात , २८:१५ बजे उप्रान्त परिघ,करण-वणिज १०:३१ बजेदेखि भद्रा , २२:०५ बजे उप्रान्त नाग,चन्द्रराशि-कर्कट,आनन्दादि योग धुम्र,सूर्योदय-५:३६, सूर्यास्त-१८:३८ ,दिनमान-३२ घडी ३६ पला, व्रत/पर्व-भाद्र संक्रान्ति, वल्के पर्व,कीर्तिपुरमा वागभैरव यात्रा, जुग: येँ पञ्चदान, जुग: चह्रे पूजा, सर्वार्थसिद्धि योग ५:४१ देखि १०:३१ बजेसम्म र २२:०५ देखि २९:३२ बजेसम्म।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्, आजको शुभ अंक ४ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

सामानहरू छुट्ने/हराउने सम्भावना छ,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,पारिवारिक जीवनमा मतभेत रहनेछ,झगडा पनि हुनसक्छ,आजको शुभ अंक ९ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

घरायसी वातावरणमा केही धमिलोपन आउने छ,महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,आजको शुभ अंक ५ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला ,स्वास्थ्य प्रति सजक हुन एकदमै जरूरी छ ,समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ,आजको शुभ अंक ८ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

चोटपटकको सम्भावना छ,दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ, आजको शुभ अंक ४ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ,सहयोगी हातहरू अघि बढ्नेछन् ,मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ, आजको शुभ अंक ६ रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते)

सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,यात्रा घातक बन्न सक्छ,आर्थिक समस्या पर्ने छ ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ, आजको शुभ अंक ७ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

पठन–पाठनमा प्रगति हुनेछ,वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ,परिवारमा खुशी छाउनेछ,आफन्त बाट धोका हुन् सक्छ, आजको शुभ अंक ७ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

अस्वस्थताका बीच कामको बोझ बढ्नेछ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ, आजको शुभ अंक १० रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आर्थिक संकट पर्नेछ,साझपख सुधार हुनेछ, छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,जोश जाँगर र हिम्मत बढ्नेछ , आजको शुभ अंक ३ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

व्यावसायिक योजना र त्यसबाट दीर्घ कालीन फाईदा लिन सकिनेछ ,मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ , अप्रिय समाचारले दुःखी बनाउन सक्छ, आजको शुभ अंक २ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ, स्वास्थ्यमा सुधार आउने छ,आजको शुभ अंक १ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *