भक्तपुर नगरपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्यालको बिदाई

विशेष समाचार समाचार

न्यूज अपडेट
भक्तपुर, २८ साउन

भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्याललाई बुधवार बिदाई गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिले अधिकृत बस्याललाई भादगाउँले टोपीका साथ भक्तपुरको प्रसिद्ध ‘मयुर झ्याल’ र नगरपालिकाका प्रकाशनहरु मायाको चिनोस्वरुप प्रदान गरी बिदाइ गरे ।
नगर प्रमुख प्रजापतिले जुनसुकै क्षेत्रमा इमानदारीपूर्वक काम गर्न हौसला दिँदै उनलाई आगामी दिनहरुमा सफल कार्यकालको कामना गरेको छ ।
भक्तपुर नगरपालिकामा सरुवा भई आउने प्रमुख प्रशासकीय अधिकृतहरु निकै छोटो अवधिमै सरुवा भइदिँदा नगरपालिकालाई काम गर्न अप्ठेरो भएको उनले बताए ।
कार्यक्रममा अधिकृत बस्यालले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य र सम्पदा पुनःनिर्माणमा उल्लेखनीय काम गरिरहेको र भक्तपुर नपामा सात महिनाको कार्यकाल निकै फलदायी र स्मरणीय भएको बताए । देशकै नमूना नगरपालिकामा बसी काम गर्न पाउनु गौरवको विषय भएको भन्दै उनले भक्तपुर नगरपालिकाको कार्यशैलीबाट आफू प्रभावित भएको बताए ।
अधिकृत बस्याल भक्तपुर नगरपालिकाबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा भई जाने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *