जनकपुरका पूर्वमेयर गिरीको कोेरोनाका कारण मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २८ साउन

कोरोना भाइरस महामारीका कारण जनकपुरका पूर्व मेयर कृष्ण गिरिको कोरोना भाइरस महामारीका कारण निधन भएको छ । होटेल रामाका सञ्चालक समेत रहेका ७२ वर्षीय गिरीको गए राति राजधानीको मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।

गिरी तीन सातादेखि मेडिसिटी अस्पतालमा उपचार गराइरहेका एक सातादेखि भेन्टिलेटरमा उपचार गराइरहेका थिए । गिरी २०४२ सालदेखि ४ वर्षसम्म जनकपुरको मेयर बनेका थिए । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई जनकपुर देखी हेलिकप्टर चार्टर गरी काठमाडौं लगिएको थियो । गिरीलाई मुटु सम्बन्धी रोग, उच्च रक्तचापको पीडित रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *