कैदीबन्दीहरुको स्वास्थ्य उपचार व्यवस्थित गर्न कारागार अस्पतालमा बृहत छलफल

शिक्षा समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता
काठमाडौ, १५ चैत


केन्द्रीय कारागार अस्पतालमा कैदीबन्दीहरुको स्वास्थ्य उपचार व्यवस्थित गर्न बृहत छलफल कार्यक्रम गरिएको छ। कारागार ब्यवस्थापन विभाग,कारागार कार्यालय,अनाश्रीत गुल्म जगन्नाथदेवल तथा कैदीबन्दीहरुको विशेषज्ञ स्वास्थ्य उपचार गर्न सम्झौता गरिएका १८ वटा अस्पतालका निर्देशक र फोकल पर्सनसँग गुणस्तरीय प्रेषण तथा उपचार व्यवस्थापन सम्बन्धी छलफल भएको हो।

केन्द्रीय कारागार अस्पतालबाट थप विशिष्टिकृत परामर्श र उपचारको लागि सम्झौता भएपश्चात प्रेषण भई जाने वीर अस्पताल,राष्ट्रिय ट्रमा सेन्टर,गंगालाल हृदयरोग केन्द्र,त्रिवि शिक्षण अस्पताल,परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल,कान्ति बाल अस्पताल,शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल,भक्तपुर क्यान्सर अस्पताल,मनमोहन कार्डियोथोरासिक तथा भ्यास्कुलर केन्द्र,राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला,नेपाल आँखा अस्पताल,हेल्थ केयर फाउन्डेसन,आनन्दवन अस्पताल,बिपी स्मृती अस्पताल,एनआरएल,नेपाल रेडक्रस सोसाईटी लगायतका अस्पताल र स्वास्थ्यसंस्थाहरुमा सुरक्षालाई मध्यनजर गर्दे प्राथमिकतामा राखी फास्टट्रयाकबाट उपचार सम्बन्धी छलफल भएको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश बुढाथोकीले हरेक भुक्तानीलाई क्यासलेस बनाउन सम्झौता गरिएको जानकारी दिए।

कैदीबन्दीहरुको स्वास्थ्य उपचार ब्यवस्थित गर्न गृह मन्त्रालय अन्र्तगत २०७० मा १५ र २०७५ सालमा ३० शय्या क्षमतामा सञ्चालित र निकट भबिष्यमै ५० शय्यामा स्तरोन्नती गरिदै गरेको केन्द्रिय कारागार अस्पताल देशभरका कैदीबन्दीको प्रेषण केन्द्र तथा केन्द्रिय,भद्र र महिला सुधार गृहको नियमित अस्पताल हो। २०७९ चैत्र १ गते देखिको डिल्लीबजार र जगन्नाथदेवलका बिमीत कैदीबन्दीहरुको प्राथमिक अस्पताल तथा देशभरको प्रेषण अस्पताल पनि हो। अस्पतालमा औषधि सेवन गरिरहेका दीर्घरोगी १ हजार १ सय ७५ जना रहेको डा बुढाथोकीले जानकारी दिए।

छलफलका क्रममा वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेल,ट्रमा सेन्टरका प्रमुख डा रुद्र प्रसाद मरासीनी,टेकु अस्पतालका निर्देशक डा मनिषा रावल,मानसिक अस्पतालका निर्देशक डा अनन्त प्रसाद अधिकारी,भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा बिष्णुदत्त पौडेल,रेडक्रसका उपनिर्देशक डा प्रकाश कुमार यादव लगायतले कारागार अस्पतालको रेफरल पत्र लिएर आउने कैदीबन्दीको उपचारलाई उच्च प्राथमिकता दिदै आएको बताए।

छलफलमा नेशनल रेफरेन्स ल्याबरेटोरीका उपप्रमुख जयविन्द सिंह,प्रसूति गृहकी वरिष्ठ नर्सिङ अधिकृत शुक लामा,हेल्थ केअर फाउन्डेसनकी अन्जना चगुठी,कान्ति बाल अस्पतालका रमेश नरसिंह केसी,आँखा अस्पतालका मेडिकल रेर्कडर सन्तोष पौडेल,कारागार प्रशासक ललित बस्नेत,सहायक मित्र लुईटेल र स्वास्थ्यकर्मी कल्पना ज्ञवाली,कारागार ब्यवस्थापन बिभागका रामचन्द्र शिवाकोटी तथा कारागार अस्पतालका डा अक्षता श्रीवास्तब,डा स्वेता श्रेष्ठ,डा राजेश लामीछाने,जनस्वास्थ्य नीरीक्षक श्यामकाजी थापा,भवानी शर्मा,मातृका प्रसाद शर्मा,लेखापाल सरिता अधिकारी,शाखा अधिकृत रमा घिमीरे,मेडिकल रेर्कडर दिपेश यादब,फार्मासिष्ट रोजीना कार्की लगायत सहभागी थिए।

कारागार अस्पतालका प्रमुख डा बुढाथोकीले आगामी दिनमा थप छलफलबाट समस्या समाधान गर्दे जाने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *