निर्माणाधीन हनुमन्ते पुलको प्रतिनिधि सभा सदस्य बस्नेतद्धारा स्थलगत निरिक्षण

समाचार

मुना मुसिख्वाल
भक्तपुर, १५ जेठ


विकासप्रेमी ,पुर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य माननीय महेश बस्नेत ,सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेव थापाबाट संयुतm रुपमा हनुमन्ते पुलको स्थगत निरीक्षण गरिएको थियो ।सो पुलले मध्यपुर नगरपालिकाको वडा नं. ४ थिमि र सूर्यविनायक नगरपालिकाको वडा नं. ४ दधिकोट जोड्ने गरेको छ । पुरानो पुलमा अत्याधिक यातायातको चाप हुने गरेकाले समस्या उत्पन्न भएकाले पुरानो पुल भत्काई नयाँ निर्माण गरिएको हो । निर्माणधीन पुलको लागत ६ करोड १० लाखको रहेको छ । यस पुलले यातायातको अत्याधिक चापलाई कम गर्ने कुरामा सम्बन्धित निकाय विश्वस्त रहेको छ । साथै यस पुलले पैदलयात्रीलाई समेत आवतजावतमा समेत सहुलित हुने कुरा बताएका छन् । निरीक्षणमा देखिएका कमी कमजोरी सुधार गर्न सुझाव पनि दिएको थियो । यस पुलको निर्माण पश्चात स्थानीय बासिन्दालाई आवत जावत गर्न सजिलो हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *