साउन २८ देखि भदौ १५ गतेसम्म मालपोत कार्यालय बन्द

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २८ साउन

भूमि व्यवस्थापन तथा अभिलेख विभागले भोलिदेखि आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय/मालपोत कार्यालयहरुबाट हुने अत्यावश्यक र आकस्मिक बाहेकका सेवा प्रवाह साउन २८ गतेदखि भदौ १५ गतेसम्मका लागि स्थगन गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

विभागले उक्त अवधिमा कार्यालयको आन्तरिक/प्रशासनिक कार्य भने सूचारु एवम् व्यवस्थित गर्ने तथा उपत्यका बाहिरका कार्यालयको सेवा प्रवाह प्रदेश सरकार/स्थानीय प्रशासनको समन्वयमा स्वास्थ्य सुरक्षा मापदण्ड समेतको अबलम्बन गर्ने गरी प्रबन्ध मिलाउने व्यवस्था गर्ने मन्त्रिस्तरीय निर्णय भएको उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *