राति ९ बजेदेखि विहानको ५ बजे सम्म आवतजावतमा राेक

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २२ साउन

सरकारले शहरी इलाकामा राति ९ बजेदेखि बिहान ५ बजेसम्म आवतजावतमामा रोक लगाएको छ । काठमाडौंसहित २ सयभन्दा बढी सक्रिय कोरोना संक्रमति रहेका शहरी इलाका जिल्लामा आवगमनमा रोक लगाइएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले कोरोना भाइरसको बढ्दो जोखिमलाई दृष्टिगत गर्दै बिहीबारदेखि लागू हुने गरी उक्त निर्णय लिएको छ । यस्तै सरकारले बिहीबारदेखि नै लागू हुने गरी सवारी साधनमा जोरविजोर प्रणाली लागू गर्ने पनि निर्णय गरेका छ ।

यस्तै काठमाडौं उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानीबाहेकका सबै यात्रुवाहक सवारी साधनहरुलाई साँझ ७ देखि बिहान ७ बजेसम्म आवागमन निषेध गरिएको व्यवस्थालाई कडाईका साथ लागू गर्ने समेत गृह मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

सरकारको निर्णय बमोजिम आगमन अनुमति पाएका व्यक्तिबाहेक अन्तर्राष्ट्रिय सीमा नाकामा हुने आवतजावतलाई कडाइका साथ निषेध गर्ने विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *