दरबार हत्याकाण्डको २० वर्ष: खुल्न सकेन रहस्य

राजनीति विशेष समाचार समाचार
न्यूज अपडेट
काठमाडौं, १९ जेठ

तत्कालिन राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी दरबार हत्याकाण्ड भएको १९ वर्ष पुरा गरी २० वर्ष लागेको छ । आजभन्दा ठिक १९ वर्ष अघि २०५९ जेठ १९ गते तत्कालिन राजा वीरेन्द्र शाह र उनको परिवारको हत्या भएको थियो ।

नेपालको राजनीतिलाई नयाँ मोडमा लाने उक्त हत्याकाण्डमा तत्कालिन युवराज दीपेन्द्र शाहलाई मुख्य दोषी देखाइएको छ । सरकारद्वारा गठित छानविन समितिहरुले दीपेन्द्रले केही समययता भएको पारिवारिक विवादका कारण बाबुआमा, भाई र बहिनीसमेतमाथि गोली चलाएको निष्कर्ष निकालेको थियो । त्यसपछि उनी स्वयंले आत्महत्या गरेको भनिएको छ ।

वीरेन्द्रको सन्तानका रानी ऐश्वर्या, छोराहरु युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, छोरी अधिराजकुमारी श्रुती, भाइ अधिराजकुमार धिरेन्द्र, दिदीहरु शोभा सिंह र शारदा शाहका अलावा ज्वाईं कुमार खड्ग विक्रम शाहसमेत कुल १० जनाको दरबार हत्याकाण्डमा ज्यान गएको थियो । यो घटना राष्ट्रिय अन्तर्राष्ट्रिय चर्चामा आएको थियो । घटनाको मुख्य कारण दीपेन्द्र शाह र देवयानी राणाको प्रेमसम्बन्ध रही विवाह गर्न खोज्दा परिवारले नमानेपछि आक्रोशित भई स्वचालित हतियार चलाउँदा भएको भनिएको छ । तर, घटनाबारे अझै आशंका छ ।

दरबारभित्रको शक्तिसंघर्षले उक्त घटना भएको आशंका गर्नेहरु पनि छन् । यसमा विदेशीको हात रहेको भन्दै शंकाहरु नउठेका होइनन् । तर, त्यसको औपचारिक रुपमा पुष्टि हुनसकेको छैन । नेपालको इतिहासको एउटा कालो रातका रुपमा १९ जेठ २०५८ को शुक्रबार साँझलाई लिइएको छ ।

दरबार हत्याकाण्ड भएको चार वर्षमै देशमा गणतन्त्रको ढोका खुलेको थियो । त्यसपछि संविधानसभाको चुनाव भई २०६५ सालमा गणतन्त्र घोषणा भई २५० वर्ष लामो शाहवंशको शासन अन्त भएको थियो । यसकारण पनि दरबार हत्याकाण्डमै पछिसम्मको राजनीतिक परिवर्तनको योजना थियो कि भन्ने शंका गर्ने ठाउँ बनेको छ ।

त्यस्तै नेपालले भारत र अमेरिकाको कुरा नसुनी तत्कालीन राजा वीरेन्द्रले चीनसँगको सम्बन्ध नजीक राखेकाले पनि उक्त घटना गराइएको राजनीतिक विश्लेषकहरु बताउँछन् । त्यसकारण नेपाललाई भारत र अमेरिकी भक्त बनाई आफू अनुकूल चलाइरहेबाट यस घटनालाई स्पष्ट पार्न सकिन्छ । तर हालसम्म उक्त प्रमाण भन्ने जुताउन सकिरहेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *