जेनजीलाई संवादमा आउन राष्ट्रपतिको अपिल

Featured पर्यटन फाेटाे ग्यालरी राजनीति विशेष समाचार समाचार सम्पादकीय

न्यूज अपडेट संवाददाता

काठमाडाैं, २४ भदाै

  • राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलरत जेनजी पुस्तालाई संयमित भएर वार्तामा आउन अपिल गर्नुभएको छ।
  • उहाँले लोकतन्त्रमा नागरिकले उठाएका माग वार्तार संवादबाट समाधान गर्न सकिने बताउनुभएको छ।
  • राष्ट्रपतिले विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि सबै नागरिकलाई सहयोग गर्न अनुरोध गर्नुभएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले वार्तामा आउन आन्दोलरत जेनजी पुस्तालाई आपिल गरेका छन् ।

‘लोकतन्त्रमा नागरिकले उठाएका माग जेनजीका प्रतिनिधिसमेत बसी वार्तार संवादमार्फत् समाधान गर्न सकिने भएकाले संयमित हुन, मुलुकलाई अरु थप क्षति हुन नदिन र वार्तामा आउन म सबैलाई अपिल गर्दछु,’ राष्ट्रपतिले भनेका छन्।

विषमा परिस्थितिको शान्तिपूर्ण समाधानका लागि सहयोग गर्न सबै नागरिकहरूलाई राष्ट्रपतिले अनुरोध गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *