यामाहा शोरुममा काम गर्ने सात जनामा देखियो कोरोना

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २२ साउन

त्रिपुरेश्वरको यामाहा शोरुम एमएडब्लु इन्टरप्राइजेजका यामाहा (मोरङ अटो वर्क्स्) का सात जना स्टाफमा कोरोना देखिएको छ ।

स्रोतका अनुसार त्रिपुरेश्वरको यामाहा शोरूम एमएडब्लु इन्टरप्राइजेजमा काम गर्ने ती कर्मचारीहरूको काठमाडौँ प्रयोगशालामा परीक्षणमा गर्दा रिपाेर्ट पोजेटिभ आएको हो ।

ती संक्रमितलाई सोल्टी होटलको आइसोलेसनमा राखिएको बताइएको छ । संक्रमितको सम्पर्कमा आएकाहरुको ट्रेसिङ शुरु गरिएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *