यस वर्षको सापारु शान्तिपूर्ण तथा औपचारिकतामा सम्पन्न

कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट
भक्तपुर, २० साउन


प्रत्येक वर्ष रमाइलोपूर्वक मनाइरहेको गाइजात्रा यसपाली विश्वमहामारी कोरोना भाइरसका कारण खल्लो लागेको छ । यद्यपि भक्तपुरमा नगरपालिकाका आह्वानलाई सबैले आत्मसात गरेका कारण सामान्य र औपचारिकतामै मनाएको छ ।

अति शान्तिपूर्ण भएर होला, स्थानीय बृद्धबृद्धाहरु यसपालीको गाइजात्रामा कानै हलुका भएको टिप्पणी गरेका छन् । तर, युवापीढी भने घिन्ताङघिसी खेःल्न नपाएका कारण यसपालीको गाइजात्रा साह्रे नै अत्यासलाग्दो भएको टिप्पणी गरेका छन् ।

भक्तपुरमा प्रत्येक टोल टोलबाट सयौं टोलीमा निस्कने एकै तालको घिन्ताङघिसी कोरोना महामारीकै कारण यसपाली नभएको भक्तपुर नगरपालिकाले जानकारी दिएको छ । भक्तपुर नगरपालिकाले समुदायभित्र कोरोना नफैलाउने उद्देश्यले शुरुदेखि नै स्थानीय स्वयम्सेवकहरु परिचालन गरेको छ । साथै यसपालीको गाइजात्रालाई सामान्य र औपचारिकतामा सीमित गर्न वडा वडामा स्थानीयको भेला तथा प्रत्येक दिन माइकिङ गरिरहेको नगरपालिकाले जानाकारी दिएको छ । सरोकारवालाहरुको नियमित भेटघाट तथा बैठकहरुबाटै यसपालीको गाइजात्रालाई सामान्यीकृत गर्न सकेको नगरबासीहरुको ठहर छ ।

यसबाट कोरोना संक्रमण त टाढा हुने नै भयो त्यससँगै जात्रालुहरुको अनावश्यक खर्चमा पनि कटौती भएको देखिएको छ । महामारीको समयमा आफूले दिनभरि खान पनि कठिन रहेको अवस्थामा ठूलै रकम खर्च गर्नुपरेपछि अझै गाह्रो हुने भएकाले यस वर्षको गाइजात्रामा नगरपालिकाले गरेको कार्यको सर्वत्र समर्थन गरेको छ ।

जनतालाई परेको पीरमर्कालाई स्वयम् स्फूर्त रुपमा व्यक्त गर्ने गाइजात्रा पर्वमा यसपाली कमै मात्र यस्तो हास्यव्यंग्य आएको छ । यसपाली आधुनिक तथा परम्परागत दुवै किसिमका सांस्कृतिक प्रस्तुतिलाई रोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *