Saturday, May 18, 2024

कोरोना संक्रमित बढेपछि राजविराजमा अनिश्चितकालीन निषेधाज्ञा जारी

विशेष समाचार समाचार स्वास्थ्य

सप्तरी

सप्तरीको सदरमुकाम राजविराजमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ । आज बिहान ५ बजेदेखि निषेधाज्ञा लागू भएको हो । जिल्ला विपद् व्यवस्थापन समितिको हिजोको बैठकले राजविराज नगर क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमण र जोखिम बढेको भन्दै निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जारी गरेको विज्ञप्तिअनुसार जिल्लामा ४०४ जनाका कोरोना संक्रमण भइसकेको र तीमध्ये राजविराजमा एक जनाको मृत्यु भएकाले यस नगरिपालिकामा अर्को आदेश नहुँदासम्मका लागि अत्यावश्यक सेवाबाहेक अन्य सबै गतिविधि निषेध गरिएको उल्लेख गरिएको छ ।

निषेधाज्ञा उल्लंघन गरे कानुनबमोजिम कडा कारबाही गरिने चेतवानी पनि विज्ञप्तिमा दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *