थप १४७जनामा कोरोना पुष्टि

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ८ साउन

पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको १८,२४१ संख्या पुगेको स्वास्थ्य तथा जनसंख्या प्रवक्ता प्र.डा. जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै बिहिबार १५६ जना कोरोना संक्रमितहरु उपचार पश्चात डिस्चार्ज भएका छन । हाल सम्म नेपालमा १२८४० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन। मुलुकभर फैलिएको कोरोना भाइरस संक्रमणका कारण हाल सम्म ४३ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *