चितवनमा नयांँ उद्योग दर्ता गर्ने घटे

अर्थ/वाणिज्य

न्यूज अपडेट
चितवन, ८ साउन

घरेलु तथा साना उद्योग कार्यालय, चितवनमा अघिल्लो आव (२०७५/०७६) भन्दा गत आव(०७६/०७७ मा साझेदारी तथा निजी उद्योग दर्ता गर्ने घटेका छन् ।
कार्यालयले दिएको जानकारी अनुसार अघिल्लो आव मा १ हजार ६ सय ८८ उद्योग दर्ता भएका थिए । गतबर्ष यो संख्या घटेर १ हजार ४ सय ४८ वटा मात्र दर्ता भएको छ ।
उद्योगको प्रकृति अनुसार कार्यालयले ८ वटा शीर्षकमा उद्योग दर्ता गर्ने गरेको छ । जस अनुसार गत आवमा सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योग ८ सय ५८ वटा दर्ता भएका थिए । यस्तै पर्यटनमुलक उद्याग १ सय ९० ,सेवामुलक उद्योग १ सय ८५ वटा ,उत्पादनमुलक उद्योग २ सय १२ वटा र विज्ञान तथा सूचना प्रविधि उद्यो ३ वटा दर्ता भएका छन् । उक्त आवमा ऊर्जामुलक उद्योग, खनिजजन्य उद्योग तथा निर्माणमुलक उद्योग कुनैपनि दर्ता भएका छैनन् ।
यसैगरी अघिल्लो आवमा १ हजार ६ सय ८८ उद्योग दर्ता भएको मध्ये सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योगहरु ८ सय ५६ वटा दर्ता भएका थिए । यस्तै उत्पादनमुलक उद्योग ३सय ५७ ,सेवामुलक उद्योग २सय ९५ वटा ,पर्यटनमुलक उद्योग १ सय ७८ वटा, विज्ञान तथा सूचना प्रविधि २ वटा दर्ता भएका थिए भने उर्जामुलक, खनिजजन्य र निमार्णमुलक उद्योग कुनै पनि दर्ता भएका थिएनन।
कार्यालयका प्रमुख नारायण लम्सालले कोरोनाका कारण चैतबाट यता उद्योग दर्ता गर्ने संख्या ठप्प जस्तै भएकोले उक्त संख्यामा कमी आएको बताए । ‘कोरोनाका कारण नयांँ दर्ता गर्ने पनि आएनन्, उनले भने, गतबर्षबाट ५ लाख भन्दा कम पूँजी लगानीको उद्योग स्थानीय पालिकामा दर्ता हुने सरकारले निर्णय ग¥यो ।’ कोरानाको कारण नव उद्यमीहरुमा अन्योल र अनिश्चितता बढेका कारण पनि उद्योग दर्ता गर्नेको संख्यामा कमी आएको उनको भनाइ छ ।

उद्योग दर्ताबाट हुने राजस्व संकलन पनि घट्यो

अघिल्लो आवको तुलनामा गत आवमा उद्योग दर्ताबाट हुने राजश्व संकलन पनि घटेको छ । अघिल्लो आवमा उद्योग दर्ताबाट ४९ लाख १४ हजार राजस्व संकलन भएको थियो भने गत आवमा यो अनुपात घटेर ३५ लाख ५८ हजार रुपैयांँ राजस्व संकलन भएको छ । कार्यालयले दिएको जानकारी अनुसार अघिल्लो आवमा कृषि तथा वनजन्य उद्योगबाट १५ लाख ९३ हजार राजस्व संकलन भएको थियो । त्यस्तै सेवामुलक उद्योगबाट १४ लाख ५५ हजार,उत्पादनमुलक उद्योगबाट १४ लाख ४७ हजार र पर्यटनमुलक उद्योगबाट ४ लाख २० हजार रुपैयांँ राजस्व संकलन भएको थियो । गतबर्ष कार्यालयले कृषि तथा वनजन्य उद्योगबाट १७ लाख ५४ हजार , उत्पादनमुलक उद्योगबाट ९ लाख ३२ हजार,सेवामुलक उद्योगबाट ६ लाख ७३ हजार र पर्यटन मुलक उद्योगबाट १ लाख ९९ हजार रुपैंया राजस्व संकलन गरेका छ । ‘उद्योग दर्ता गर्ने संख्या घटेपछि राजश्व संकलनमा पनि कमी आउने भयो, उनले भने , उद्योग दर्ता गर्ने राजश्वको दर पनि घटेको छ । ’
कार्यालयका अनुसार यसअघि ५ लाख देखि २० लाख सम्म पूंँजीको उद्योग दर्ता गर्न प्रति उद्योग २० हजार राजस्व लाग्ने गर्दथ्यो भने अहिले यो दर घटेर १२ हजार १ सयमा झरेको छ । उद्योग दर्ता गर्ने संख्या घटेपनि कार्यालयले संकलन गर्ने सबै कुल राजस्व संकलन भने बढेको लम्सालले बताए । उनका अनुसार गतआवमा दर्ता, नवीकरण, ठाउंँसारी, पूंँजी वृद्धि , खारेजी लगायत सबै शीर्षकमा गरी राजस्व संकलन हुने गर्दछ । उक्त कार्यालयमा २ करोड सम्म पूँजी भएका उद्योग व्यवसाय दर्ता हुने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *