दैलेखका कोरोना रोकथाममा खेलौँची

शिक्षा समाचार

न्यूज अपडेट
दैलेख, ८ साउन


दैलेखमा कोरोना रोकथाम तथा नियन्त्रणमा खेलौँची गर्दा समुदायमा कोरोना तीब्र रुपमा फैलिन थालेको छ । कोरोनाको केन्द्र बनेको दैलेखमा पछिल्लो समय स्थानीय व्यापारीहरुमा बढि मात्रमा देखिन थालेको हो । विहीबार मात्र महावु गाउँपालिकाका १० जना स्थानीय व्यापारीहरुमा कोरोना पुष्टि भएको छ । यस्तै एक जना वडा सचिपलाई समेत कोरोना देखिएको स्वास्थ्य सेवा कार्यालयका फोकलपर्सन थीरप्रसाद रेग्मिले जानकारी दिए । महावु गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख रमेश दशौंदीका अनुसार गाउँपालिकाको वडा नम्बर १ खरिगैराका ८ जना, गैडाबाज बजारका २ जना गरी जम्मा १० जना व्यापारीलाई कोरोना संक्रमण भएको हो भने एक जना वडा कार्यालयका सचिवलाई समेत कोरोना संक्रमण भएको हो ।
यस्तै बिहीबार आठबीस नगरपालिकाका १० पुरुष र २ महिला गरी १२ जना नयाँ संक्रमित थपिएका छन् । आठबीसका कोरोना संक्रमितच सबैजना भारतबाट आएका हुन्,’ कोरोना फोकलपर्सन रेग्मिले भने,‘ डुङ्गेश्वर गाउँपालिकामा एक जना गरी बिहीबार मात्र जम्मा २४ जनामा कोरोना पोजेटिभ देखिएको छ । जम्मा २ महिला र २२ जना पुरुष रहेका छन् ।
यसरी समुदाय स्तरमा कोरोना फैलियपछि स्थानीयमा त्रास फैलिएको छ । स्थानीयतहहरुले पछिल्लो समय कोरोना रोकथाम तथा नियन्त्रणमा खेलौँची गरेको सरोकारवालाले बताएका छन् ।
हाल सम्म जिल्लामा ८ सय ५२ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा ७ सय ८५ जना कोरोना जितेर डिस्चार्ज भईसकेका छन् । कोरोना देखिनेमा अधिकाँश पुरुषहरु रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
तथाङ्क हेर्दा ७ सय ९७ पुरुष छन् भने महिला ६२ जना मात्र छन् । यस अघि कोरोना देखिएको प्राय सबै भारत लगायत अन्य मुलुकबाट आएका हुन् । पछिल्लो समय स्थानीयतहका कर्मचारीहरुमा पनि कोरोना भेटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *