२०७७ साल साउन ०५ गते सोमबारको राशिफल

कला/साहित्य समाचार

न्यूज अपडेट

भक्तपुर, ५ साउन

मेषः

आज नयाँ कामको योजना बन्नेछ । काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । कृषि क्षेत्रको कार्यपनि अघी बढ्नेछ ।

बृष :

माया प्रेममा अविश्वास बढ्नेछ भने पति–पत्नीबीच विश्वासको वातावरण गुम्ने खतरा रहेको छ । साँझको समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ । यात्रासँग सम्बन्धित कामहरु हुनेछन् । बोल्दा वा निर्णय गर्दा ध्यान दिनुहोला आत्मघाती पनि हुनसक्छ । खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउनेछ ।

मिथुन

राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । माया प्रेमको डोरो कसिलो हुनुको साथै घर परिवारमा बिग्रेको सम्बन्ध सुधार भएर जानेछ । रिवारिक माहोलमा मिष्ठान्न भोजनमा साथ रमाइलो गरी समय कटाउन सकिनेछ ।

कर्कट

मायाप्रेममा अविश्वास बढ्नेछ भने सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउने योग रहेकोछ । साझपख समय राम्रो रहेकोले व्यापारमा सामान्य आम्दानी हुनेछ । प्रविधिको सहयोग लिँदै अध्ययनलाई निरन्तरता दिन सकिनेछ । काम गर्दा ख्याल गर्नु जरुरी देखिन्छ,समयमा कामहरु सम्पन्न नहुदा मान सम्मानमा आघात पर्न सक्छ ।

सिंह

आफन्तजन तथा दाजुभाइबाट प्रशस्त सहयोग पाइनेछ । माया प्रेममा सामिप्यता बडेर जानेछ । तरलपदार्थ जस्तै हाइड्रो, पानीजस्ता उद्योग व्यवसायमा लगानी गर्दा उचित प्रतिफल पाइनेछ ।

कन्या

बुवा तथा बुवा सरहका मानिसबाट तपाईंको काममा सहयोग हुनेछ भने आफन्त तथा सहयोगीहरुले तपाईंकै साथ दिनेछन् । माया प्रेमको बन्धन कसिने तथा पढाइ लेखाइमा उत्कृष्ट नतिजाको साथ पुरस्कार जित्न सकिनेछ ।
नयाँ काम पाउने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेकोछ ।

तुला

सामाजिक कामको सिलसिलामा व्यस्त हुने समय रहेको भए पनि प्रतिफल शुन्य जस्तै हुनेछ । राजनीति तथा समाजसेवामा गरीएको लगानी बालुवामा पानी जस्तै हुनेछ । लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुनसक्छ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्नसक्छ ख्याल गर्नुहोला ।

बृश्चिक

आर्थिक व्यावस्थापनका लागि गरिने कामहरु अन्तिम निष्कर्षमा नपुगी बीचमानै अवरुद्ध हुन सक्छन्,ध्यान दिनुहोला ।समय मध्ययम रहेकोले कुनै व्यापार व्यवसायमा लगानी गर्नको लागि केहि दिन कुर्नुहोला ।

धनु

लामो समयदेखि भेट नभएका मित्रहरुसँग भेट हुनेछ भने माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ भने रमाईलो यात्राको तय हुनेछ । विद्यार्थीहरुले अध्ययनमा सफलता पाउँनेछन् भने गुरुहरुको राम्रो सहयोग पाइने हुदा गन्तव्य पहिल्याउन सहज हुनेछ ।

मकर

माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । न्यालयबाट हुने न्याय सम्पादन तपाईंकै पक्षमा हुनेछ । आफन्त तथा मावलीको साथ पाइने हुनाले दैनिकी थप सजह हुनेछ ।पढाइ लेखाइमा एक कदम अगाडि बढी नतिजा हात पार्न सकिनेछ ।

कुम्भ

व्यापार व्यवसायमा भनेजस्तो आम्दानी नहुने हुदा दैनिक कामहरु प्रभावित हुनेछन् । मायाप्रेममा एक अर्कालाई अविश्वास गर्नाले छुट्टिनु पर्ने अधिक सम्भावना रहेकोछ । मानव निर्मित तथा भौतिक वस्तुको प्रयोग गर्दा सावधान अपनाउनु होला अप्रिय घट्ना घट्न सक्छ ।

मीन

बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउँन बढी नै मिहिनेत गर्नुपर्नेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाब बढ्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । राजनीति तथा समाज सेवामा जनताको खासै समर्थन प्राप्त हुनेछैन ।कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ भने अरु व्यावसायमा नाफा कमाउन निकै नै संघर्ष गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *