पिसिआर परीक्षणमा बढी शुल्क लिने यी ८ अस्पताल र ल्याबको अनुमति खारेज गर्ने चेतावनी

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १४ असाेज

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको भन्दा बढी पिसिआर परीक्षणको शुल्क लिने ८ अस्पताल र ल्याबलाई परीक्षण अनुमति खारेज गर्ने चेतावनी दिएको छ।

गुणस्तर मापन तथा नियमन महाशाखाले बढी शुल्क लिने ल्यावबारे मन्त्रालयमा बुझाएको प्रतिवेदन अनुसार यस्तो निर्णय गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार ह्याम्स अस्पताल, मेटिसिटि अस्पताल, स्टार अस्पताल, बिएण्डबी अस्पताल, सूर्या ल्याव, डिकोर ल्याव, सिडिएल ल्याव र इन्टीपेर ल्यावलगायतले बढी शुल्क लिएकोले  २४ घण्टाभित्र  तोकिएको शुल्क समायोजन नगरे परीक्षण स्वीकृति खारेज गर्ने निर्णय भएको बताए।

उनले भने,‘एक पटकलाई चेतावनी दिने र २४ घण्टाभित्र तोकिएको शुल्क समायोजन नगरे परीक्षण स्वीकृति खारेज गरी पत्राचार गर्न गराउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई निर्देशन दिइएको छ।’

उनले  सरकारले भदौ २८ गते सबै सरकारी र निजी प्रयोगशालालाई पिसिआर शुल्क २ हजार तोकिएकोले त्यो भन्दा बढी शुल्क लिने गरेका प्रयोगशालालाई कालोबजारी गरेको आरोपमा  प्रयोगशाला बन्द गराउने गरी कारवाही गर्न गृह मन्त्रालय र वािणज्य विभागमा लेखि पठाउने निर्णय गरेको प्रवक्ता गौतमले जानकारी दिए।

उनले नेशनल टेष्टिङ गाइडलाइनमा नपरेका  र स्वास्थ्य मन्त्रालयले नतोकेको व्यक्तिको परीक्षण गर्ने, सुचीकृत नभएका प्रयोगशाला वा बिचौलियाको रुपमा नमुना लिने वा सहजीकरण गरेको पाइएमा कडा कारवाही गर्न लेखि पठाउने निर्णय भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *