काठमाडौं र ललितपुरमा तीन जना कोरोना संक्रमित थपिए

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ४ साउन

आइतबार काठमाडौं र ललितपुरमा गरी ३ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँ र ललितपुरमा ३ जना संक्रमित थपिएको जानकारी दिए। योसँगै काठमाडौंँमा संक्रमित हुनेको संख्या २ सय ४७ र ललितपुरमा ७७ पुगेको छ।

काठमाडौं उपत्यका सहित पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ सय ५६  जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। देशभर संक्रमितको संख्या भने १७ हजार ६  सय ५८ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ५८ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ११ हजार ६ सय ९५ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *