सुन-चाँदीको मूल्यमा रेकर्ड ब्रेक, के कारण बढ्यो सुन-चाँदीको मूल्य?

अर्थ/वाणिज्य समाचार

न्यूज अपडेट

काठमाडाैं, २ साउन

नेपाली बजारमा सुन–चाँदीको मूल्य अहिलेसम्म कै उच्च बिन्दुमा पुगेको छ । बुधबार छापावाला सुनको मूल्य ६ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन यसको मूल्य ९२ हजार २ सय रुपैयाँ थियो । यस्तै। तेजावी सुनको मूल्य पनि ६ सय रुपैयाँले नै बढेर ९२ हजार ३६० रुपैयाँ पुगेको छ ।

यसको मूल्य अघिल्लो दिन ९१ हजार ७६० रुपैयाँ रहेको थियो । यता, चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर १ हजार ५ रुपैयाँ पुगेको छ ।
चाँदीको मूल्य अहिलेसम्म कै उच्च हो । अघिल्लो दि यसको मूल्य ९ सय ९५ रुपैयाँ थियो ।  सुनको मूल्य आकाशिनुको कारण विश्व महामारिको रुपमा फैलिइरहेको कोरोना भाइरसलाई लिइएको छ । यस भाइरसको कारण विश्वका लगानी कर्ताले आफ्नो सम्पती सुरक्षित राख्नको लागि सुनमा लगानी गरेको छन् । यस कारण पनि सुनको मूल्य उच्च बिन्दुमा पुगेको मानिएको छ ।

अन्तर्राष्ट्रिय बजारमै भाउ चुलिदा नेपाली बजारमा सीधा प्रभाव परेको व्यवसायीहरुले बताएका छन् । नेपालमा सुन पूरै आयातमा निर्भर हुने भएकाले अन्तर्राष्ट्रिय बजारमा कायम हुने मूल्यको सीधा प्रभाव पर्छ । तर नेपाली बजारमा भने सुनको भाउ बढेको कारण सुन किन्ने मानिसहरु कम भएको सुन–चाँदी व्यवसायीहरुको भनाइ रहेको छ । कोरोना भाइरस कहिलेसम्म रहने र यसको प्रभाव सुन–चाँदी बजारमा कहिलेसम्म रहने भन्ने कुरा अनुमान बाहिरको कुरा रहेको व्यवसायीहरुको भनाइ रहको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *