फास्ट ट्रयाक निर्माणमा परामर्श कम्पनीको रूपमा छानिएको कम्पनी विश्व बैंकको कारबाहीमा

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, २ साउन

राष्ट्रिय गौरवको परियोजना काठमाडौ तराई फास्ट ट्रयाक निर्माणमा परामर्श कम्पनीको रूपमा छनौट भएको कोरियाली कम्पनीलाई विश्व बैंकले कारबाही गरेको छ ।

युसिन इन्जिनियरिङ कर्पोरेसनले भनौतु नामक मुलुकको एभियसन इन्भेस्टमेन्ट प्रोजेक्टमा अनियमितता गरेको भन्दै विश्व बैंकले काम गर्न नमिल्नेगरि बन्देज लगाएको हो । बैंकले सो इन्जिनियरिङ कम्पनीलाई १३ महिनाका लागि बन्देज लगाएको जानकारी दिएको छ ।

विश्व बैंकद्वारा हालै जारी सूचनामा भनिएको छ, ‘यो बन्देजसँगै योसिन अब विश्व बैंकसम्बन्धी संस्थाहरुले सहयोग गर्ने परियोजनामा सहभागी हुनबाट अयोग्य ठहरिएको छ ।’ युसिन कम्पनीलाई नेपाली सेनाले फास्टट्रयाक परियोजनाको परामर्शदाताको रुपमा साढे दुई महिना पहिले छनोट गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *