महिला समूहले गरे निःशुल्क आँखा शिविर

विशेष समाचार समाचार स्वास्थ्य

भक्तपुर, २६ माघ


आँखा जाँच गरौं, स्वस्थ बनौं नाराका साथ महिला समूह दिगु टोलको आयोजनामा भक्तपुर हार्ट एण्ड डायबेटिक सेन्टर सल्लाघारीको प्राविधिक सहयोगमा मााघ १८ गते शुक्रवार निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।


स्थानीय ६४ जनाको आँखा जाँच गरेको उक्त शिविरमा विजनेश लिंक नयाँ ठिमीबाट आवश्यक सहयोग गरेको थियो । स्थानीय जनताले आँखाको लामो समयसम्म परीक्षण नगर्दा विभिन्न खालका स्वास्थ्य समस्या आउने भएकाले स्वस्थ बन्न प्रेरित गर्दै अनुभवी आँखा रोग विशेषज्ञ डाक्टरबाट निःशुल्क रुपमा आँखाको परीक्षण गरिएको थियो । विजनेश लिंकको सहयोगमा महिला समूहले महिला लक्षित विभिन्न कार्यक्रमहरु गर्दैआएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *