आफ्नो स्वास्थ्य सुरक्षाबारे आफै सचेत रहन सरकारको आग्रह

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट
काठमाडौं, १५ साउन

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नघटेको सरकारले स्पष्ट पारेको छ । सरकारका प्रवक्ता एवम अर्थ तथा सुचना सञ्चार मन्त्री डा.युवराज खतिवडाले नागरिकहरु आफ्नो स्वास्थ्य सुरक्षाबारे आफै सचेत रहनुपर्ने बताएका छन्र ।
नेपाल सरकारको नियमित पत्रकार सम्मेलनमा बोल्दै डा. खतिवडाले सरकारले लकडाउन भन्ने शब्द मात्र हटाएको बताए । उनले नागरिकले स्वास्थ्य सतकर्ता अपनाउननु पर्नेमा जोड दिए । उनले जनजीवन सामान्य बनाउन कोरोनासँग लड्दै जोखिम न्यूनिकरण गर्नु पर्ने बताए । उनले जोखिमको बीचमा आतंकित नभई हामीले सचेत भई अघि बढ्न सुझाव दिए । कोरोनाके संक्रमण घटाउन्न भौतिक दूरी कायम गर्नु पर्ने बताए ।
उनले नागरिकहरुले स्वयम् सावधानी अपनाउनु पर्ने बताएका छन् । उनले सिमा क्षेत्रमा लुकिछिपी आउने प्रकृयाबारे सिमाक्षेत्रमा विओपीको व्यवस्था गरिएको पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *