बिहीवार थप २७४ जनामा कोरोना पुष्टि

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १६ साउन

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस तिब्र गतिमा फैलिरहेको छ ।

यस महामारीबाट नेपाल पनि अछुतो रहन सकेको छैन । बिहीवार पछिल्लो २४ घण्टामा नेपाल थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै मुलुकमा हाल सम्म संक्रमितको  संख्या १९ हजार ५४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै विहिबार थप २२७ जना कोरोना संक्रमित उपचार पश्चात घर फर्किएका छन । यो सँगै उपचार पश्चात निको भई घर फर्किनेको  सख्या १४ हजार २४८ रहेको प्रवक्ता गाैतमले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *