सुनको भाउ निरन्तर उकालो, तोलाको ९९ हजार तीन सय पुग्यो

अर्थ/वाणिज्य विशेष समाचार समाचार

पछिल्लो समय सुनको भाउ निरन्तर उकालो लागि रहेको छ । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस संक्रमणका कारण सुनको मूल्य दिनहुँ बढिरहेको छ । कोरोना कारण अन्तराष्ट्रिय बजारमा डलरको भाउ बढेसँगै सुनको मूल्य वृद्धि भएको सुनचाँदी व्यवसायीहरुले बताएका छन् ।

नेपालमा सुनको मुल्य अहिले सम्मकै धेरै प्रति तोला ९९ हजार ३ सय पुगेको छ। यस अघि विहिबार सुन प्रतितोला ९९ हजारमा कारोबार भएको थियो। त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रति तोला ९८ हजार ८६५ पुगेको छ। महासंघका अनुसार शुक्रबार चाँदीमा प्रतितोला २५ रुपैयाले घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *