कोरोना संक्रमित जगदम्बा इन्टरप्राइजेजका सिइओको मृत्यु, नेपालमा मृतकको संख्या ५५ पुग्यो

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १६ साउन

वीरगञ्जमा उपचाररत जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ)को मृत्यु भएको छ। मुटुका बिरामी समेत  रहेका उनको नारायणी कोभिड अस्थायी अस्पतालको आइसियुमा उपचारका क्रममा मृत्यु भएको हो।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार उनको गएराती साढे ११ बजे मृत्यु भएको हो।

५६ वर्षीय उनी भारतीय नागिरक हुन्। उनलाई कोरोना भाइरसको संक्रमण देखिएपछि साउन ७ गते अस्पताल भर्ना गरिएको थियो।

यो सहित नेपालमा कोरोना भाइरसक संक्रमित ५५ जनाको नेपालमा मृत्यु भएको छ।

गएराती नै वीरगञ्जमा थप २ जनाको मृत्यु भएको थियो।

मृत्यु हुनेमध्ये एक जना वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा स्थायी ठेगाना भएका ३५ वर्ष पुरुष छन्। उनलाई ५ गतेदेखि ज्वरोको लक्षण देखिएको थियो।

उनलाई स्थानीय विभिन्न अस्पतलामा उपचार गरिएको थियो। तर ठीक नभएपछि उनी साउन १३ गते नारायणी अस्थायी कोभिड अस्पताल भर्ना भएका थिए। उनको साउन १५ गते साँझ साढे ७ तिर मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।

यस्तैगरी, वीरगञ्ज महानगरपालिकास्थित छपकैया टोलका अर्का एक मृतकमा समेत कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ज्वरोको लक्षण देखिएका ६५ वर्षीय ती पुरुष अस्पताल भर्ना भएका भने थिएनन्। उनको घरमा नै मृत्यु भएको र मृत्युपछि गरिएको परीक्षणमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। उनको मृत्यु भएपछि प्रहरीले अस्पतालमा खबर गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *