८ डाक्टर र ६ नर्ससहित नारायणी अस्पतालका २८ जनामा कोरोना संक्रमण

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १६ साउन

कोरोना संक्रमितको उपचार गरिरहेको वीरगञ्जस्थित नारायणी अस्पतालका डाक्टर, नर्स, स्वास्थ्यकर्मी सहित कर्मचारी समेत संक्रमित भएका छन्।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार अस्पतालका २८ जनामा कोरोना संक्रमण देखिएको छ। उनका अनुसार ८ जना डाक्टर, ६ जना नर्स, ४ जना पारामेडिक्स, एम्बुलेन्स चालक तथा कर्मचारी गरेर २८ जनामा संक्रमण देखिएको छ।

डाक्टरहरुमा २ जना फिजिसियन, ४ जना अर्थोपेडिसियन, १ जना सर्जन र १ जना मेिडकल अधिकृत छन्।

डा उपाध्यायका अनुसार अस्पतालका कर्मचारीको परिवारका सदस्यामा समेत कोरोना पोजिटिभ देखिएको छ।

संक्रमितको संख्या बढ्दै गएपछि वीरगञ्जमा होम आइसोलेसनमा संक्रमितलाई राखिएको उनले जानकारी दिए। उनका अनुसार वीरगञ्जमा बिहीबार रातीसम्ममा ३ सय ९७ जना संक्रमित उपचारमा छन्। ती मध्ये ४० जना बिहीबार राती थपिएका संक्रमित हुन्।

यी संक्रमितमध्ये ९८ जना होम आइसोलेसनमा रहेको उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *