न्यूज अपडेट
काठमाडाैं, १६ साउन
विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक करोड ७२ लाख नाघेको छ। शुक्रबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर १ करोड ७२ लाख ३७ हजार ६ सय ४२ जना मानिस संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ४४ लाख ९४ हजार २ सय ५४ पुगेको छ। त्यस्तै ब्राजिलमा २६ लाख १० हजार १ सय २,
भारतमा १५ लाख ८२ हजार २८ र रुसमा ८ लाख ३२ हजार ९ सय ९३ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ६ लाख ७१ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार ६ लाख ७१ हजार ९ सय ९ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा १ लाख ५२ हजार ५५, ब्राजिलमा ९१ हजार २ सय ६३, बेलायतमा ४६ हजार ८४, मेक्सीकोमा ४६ हजार , इटालीमा ३५ हजार १ सय ३२ जनाको मृत्यु भएको छ।
विश्वभर एक करोड ८४ हजार ४ सय ३९ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।
शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा १९ लाख ५६ हजार ८ सय ७ , अमेरिकामा १४ लाख १४ हजार १ सय ५५, रुसमा ६ लाख २८ हजार ४ सय २८ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि १९ हजार ५ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये १४ हजार २ सय ४८ जना संक्रमणमुक्त भएका छन् भने ५४ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या १५ लाख ८२ हजार ३२ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ३४ हजार ९ सय ५६ पुगेको छ। भारतमा हालसम्म १०लाख १९ हजार ७ सय ४० जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म २ लाख ७७ हजार ४ सय २ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ५ हजार ९ सय २४ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ४६ हजार १ सय ३१ जना उपचारपछि निको भएका छन्।
श्रीलंकामा संक्रमितको संख्या २ हजार ८ सय १४ रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या २ हजार ३ सय ३३ रहेको छ।
बंगलादेशमा कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ८ सय ८९ पुगेको छ। बंगलादेशमा हालसम्म ३ हजार ८३ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा १ लाख ३२ हजार ९ सय ६० छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३६ हजार ५ सय ४२ पुगेको छ। अफगानिस्तानमा १ हजार २ सय ७१ जनाको मृत्यु भइसकेको छ भने २५ हजार ४ सय ७१ उपचारपछि निको भएका छन्।
भुटानमा संक्रमितको संख्या १०१ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ८८ छ।
माल्दिभ्समा संक्रमितको संख्या ३ हजार ७ सय १९ रहेको छ। मृत्यु हुनेको संख्या १६ छ भने उपचारपछि निको हुनेको संख्या २ हजार ५ सय ६८ पुगेको छ ।