थप एक संक्रमितको मृत्यु, मृतकको संख्या २७ पुग्यो : स्वास्थ्य मन्त्रालय

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १२ असार

नेपाल थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। असार ११ गते अचेत अवस्थामा भेटिएकी महिलाको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ नजिकै अचेत अवस्था भेटिएकी अन्दाजी २५ देखि ३० वर्ष उनलाई प्रहरीले प्रतिष्ठानमा उपचारका लागि लगेको थियो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जाँचको क्रमको उनको मृत्यु भइसकेको र उनको परिवार समेत सम्पर्कमा नभएकाले खोजी भइरहेको बताए।

यो सँगै नेपालमा मृत्यु हुने संक्रमितको संख्या २७ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *