काठमाडौं: दुई साता नबित्दै प्रहरीले फेरि एउटै तरिकाबाट सुन विमानस्थलबाट अवैध रुपमा ल्याएको सुन तस्करी गर्ने दुई जना पक्राउ परेका छन्।
विमानस्थल प्रहरीले शनिवार थाइ एयरलयान्सको विमानबाट थाइल्यान्ड हुँदै नेपाल आएका दुइ भारतीय नागरिकलाई आएको २ किलो ६७० सय ग्राम सुनसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।
भारत घर भएका इम्रान र आरिफ अलीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनीहरूले मलद्वारमा लुकाएर सुन ल्याएको विमानस्थलका प्रहरी एसपी दिनेशराज मैनालीले जानकारी दिए।
उनीहरूले ल्याएको सुनको एक करोड मूल्य ३० लाखरुपैयाँ भन्दा बढी हुन आउँछ।
असार २२ गते पनि त्रिभुवन विमानस्थल प्रहरीले भारतको केरला बस्ने दुई भारतीय नागरिकलाई पक्राउ गरेको थियो। उनीहरुले दुबई हुँदै आएको १ किलो ६ सय ग्राम सुनसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।