न्यूज अपडेट
भक्तपुर, ११ असार
श्री शाके १९४२ बि.स.२०७७ साल असार ११ गते बिहिबार इश्वी सन २०२० जुन २५ तारीख आषाढ शुक्लपक्ष चतुर्थी तिथी पश्चात पञ्चमी तिथी अश्लेषा नक्षत्र १३ः ०० बजे सम्म पश्चात मघा नक्षत्र हर्षण योग बव करण चन्द्रंमा कर्कट राशिमा १३ः०० बजे सम्म पश्चात सिहं राशिमा आनन्दादि योगमा अमृत योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु भूमि पूजा
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): कुनै पनि बिषयमा दिईने प्रस्तुतिले अरुको ध्यान आकर्षित गर्न नसकिने हुनाले अलि बिढनै तयारि गर्नुहोला । पारिवारिक माहोलामा जमघट भई स्वादिष्ट भोजन लिने अवसर आएपनि स्वास्थ्मा समस्या आउँन सक्छ ध्यान दिुनहोला । अध्ययनमा सफलता हात पार्न अलि बढि समय खर्चनु पर्नेछ । माया प्रेममा सामान्य मनमुटाव हुनेछ भने घर परिवार तथा पति पत्निबिच घरायसि कुरामा बिवाद हुँने योग रहेको छ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): मानव निर्मित भौतिक बस्तुहरुको प्रयोग गर्न पाईने हुँदा मन प्रसन्न रहनेछ । पारिवारिक माहोलमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै अध्ययनमा चाहेजस्तो सफलता हात पार्न सकिनेछ ।वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): समयमा सचेत नहुदा आकस्मिक कामहरु बिग्रने तथा व्यापार व्यावसायमा घाटा लाग्नेछ । पढाई लेखाईमा मन नजादा अरु भन्दा पछि परिनेछ । खानपान तथा मौषमको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । आफन्त तथा साथिभाईको सल्लाह तथा सुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): व्यापार व्यावसायमा मन्दि आउने तथा घाटा लाग्नेछ । बिद्या तथा प्रतिष्पर्धामा सोचेभन्दा राम्रो नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्ने अवसर जुर्नेछ भने घर परिवारमा सबैसँग सम्बन्ध सुमधुर बन्नेछ । पैतृक धन तथा सम्पतिको प्रयोग मार्फत आम्दानिका स्रोतहरु बढाउन सकिने छ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): राजनिति तथा समाजसेवामा लागेर जनताको काम गर्न सक्दा राज्यबाट पद प्राप्तिको गतिलो सम्भावना रहेकोछ । चुनौतिहरुको सामना गर्दै लगनशिल भएका काम गर्दा सफलता चुम्न सकिनेछ । अध्ययन अध्यापनमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै अग्र नतिजा हात पार्न सकिनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): धार्मिक तथा शैक्षिक यात्रा गर्ने पर्याप्त सम्भावना भएपनि बिभिन्न कारणले स्थगित हुनेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिर यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने समय रहेकोछ । आफन्त तथा स्टमित्र सँग सन्तुलित व्यावहार गर्नुहोला घरायसि कुरामा राय बाझिनेछ । स्वास्थ्य सम्बन्धि समस्या आई दैनिक कामहरु प्रभावित पर्नेछन् । खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईको फितलो उपस्थितले गर्दा अरुभन्दा पछाडि परिनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): भौतिक सम्पति तथा सवारि साधनको कारोबार गर्दा वा प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । अध्ययन अध्यापनमा मन जाने हुनाले चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । आटेको काम तत्काल नहुने योग रहेको भएपनि पछिको लागि जग बसाउने मौका मिल्नेछ । आफन्त तथा घरका मानिससँग सामान्य कुारामा राय बाजिने वा विवाद हुने योग रहेकोछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । मन परेको मानिस तथा जीवन साथिको सहयोगले उपलब्धिमुलक कामहरु सम्पादन गर्न सकिनेछ । आर्थिक अवस्था अन्यदिन भन्दा खस्कनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): व्यापार व्यावसायमा मन्दि आउँने तथा घाटा लाग्नेछ । वादबिवाद तथा प्रतिष्पर्धामा तपाईकै जित हुनेछ । मुद्दा मामिला तथा न्यायलयबाट हुने निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् गसिलो भएर जानेछ । स्वास्थ्य सम्बन्धि पुराना समस्या भए समाधान भएर जानेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): तपाईको सिर्जना तथा लेखरचनाहरु अरुले प्रयोग गरि फाईदा लिन सक्छन् ध्यान दिनुहोला । बौद्धिक कार्यमा सहभागि भएपनि न्यून पारिश्रमिक पाउदा मन खिन्न हुनेछ । प्रणय सम्बन्धमा चिसोपनको शुरुवात हुनेछ भने भौतिक सम्पतिको प्रयोग गर्न नजान्दा प्रविधिमा अरुभन्दा पछि परिनेछ। वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): कामगर्दा ख्याल गर्नुहोला काम बिग्रने तथा कमाएको नाममा ठेस पुग्न सक्छ । आफन्त,साथिभाई तथा घर परिवारका मानिससँग टाडिएर लामो दुरिको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । व्यापार व्यावसायमा मन्दि आई आर्थिक अवस्था कमजोर हुनेछ भने घर जग्गा,सवारि साधन र कृषि क्षेत्रसँग सम्बन्धित कामबाट केहि मात्रामा लाभ लिन सकिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): लेखन कला तथा साहित्यको क्षेत्रमा कलम चलाउने हरुले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवारमा सबैको सहयोग पाईन हुनाले नया काम गर्ने अवसर आउनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउन सकिने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
तपाईको दिन शुभ रहोस् ।