‘समाज विकासको एक झलक’को अध्ययन गोष्ठी सम्पन्न

विशेष समाचार शिक्षा समाचार

न्यू्रज अपडेट संवाददाता
भक्तपुर, २४ साउन


स्रष्टा समाज नेपालको प्रकाशनमा वरिष्ठ साहित्यकार हरि बहादुर श्रेष्ठद्वारा लिखित ‘समाज विकासको एक झलक’ नामक पुस्तकको प्राध्यापक समाज नेपालको आयोजनामा भएको अध्ययन गोष्ठीमा मंगलवार चर्चा गरेका छन् ।
चार दिने अध्ययन गोष्ठीको पहिलो दिनमा प्राध्यापकहरुले आ–आफ्नो विश्लेषणात्मक अध्ययन प्रस्तुती गरेका हुन् ।

दुईचरणमा भएको उक्त गोष्ठीमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्राध्यापकहरु पढाउने विषयवस्तुसँगै थप अध्ययन अनुसन्धानमा सक्रिय हुनुपर्ने तर्क राखे । उक्त गोष्ठीले आदिम साम्यवादमा बाहेक हालसम्मका दास, भूदास, सामन्तवाद र पूँजीवादी शासन व्यवस्थामा वर्गीय संघर्ष चलिरहने बताउँदै हाल नेपालको सन्दर्भमा कम्युनिष्ट पार्टीहरुले वर्ग संघर्षलाई त्याग गरेको बताए ।

पहिलो सेसनमा प्राध्यापकहरु विनयकिरण कोजू, जयराम खाईजु र प्रभा प्रजापतिले ‘पृथ्वीको उत्पत्ति’का विषयमा गरेको प्रस्तुतीमा प्राध्यपक समाज नेपालका केन्द्रीय सदस्य कृष्ण प्रसाद धन्छाले सुधार गर्नुपर्ने पक्षसहित टिप्पणी गरेको थियो । त्यस्तै दोस्रो सेसनमा प्राध्यापकहरु सुनिता गाईसी, निर्मल काफ्ले र कृष्ण प्रसाद छुस्याकीले ‘मानिसको विकासक्रम’का विषयमा गरेको प्रस्तुतीमा मानव अध्येता योगेन्द्रमान विजुक्छेँले समालोचनात्मक टिप्पणी गरेको थियो ।

कार्यक्रममा डा. राजुभाइ त्यात, सरोजराज गोसाई, सुजन माकलगायतका प्राध्यपकहरुले विभिन्न दृष्टिकोणबाट पुस्तकको परिचर्चा गरेका छन् ।
दोस्रो दिन ‘आदिम साम्यवाद’ र ‘दास समाज’का विषयमा, तेस्रो दिन ‘सामन्ती समाज’ र ‘पूँजीवादी समाजको विकास’का विषयमा र चौथो दिन ‘मजदुर वर्गको अवस्था र वर्गसंघर्ष’ र ‘समाजवादी विचारको उद्य’ विषयमा प्राध्यापकहरुले प्रस्तुती गर्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *