रुकुम हत्याकाण्ड: वडाध्यक्षसहित २३ जना जेल चलान, ३ जनालाई साधारण तारेखमा छाड्ने आदेश

विशेष समाचार समाचार

न्यूज अपडेट

रूकुम, ११ असार

रुकुम पश्चिमको चौरजहारीस्थित सोती हत्याकाण्डका २३ जनालाई जिल्ला अदालतले थुनामा पठाएको छ ।

छ दिनको बहसपछि न्यायाधिश विद्याराज पौडेलको इजलासले बुधबार साँझ प्रतिवादीमध्ये तीन जनालाई साधारण तारेख र एक जनालाई एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ। प्रेमिका भनिएकी युवतीकी आमालाई एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ । प्रेमिका भनिएकी युवतीसहित दुई जनालाई यसअघि बाल सुधार गृह पठाइएको थियो ।

बुधबार जिल्ल अदालत रुकुम पश्चिमले चौरजहारी नगरपालिका वडा नं ८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल, केटीका बाबुसहित अन्य २३ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

असार ५ गतेदेखि सुरु भएको थुनछेक बहस बुधवार सकिएको हो । बहसमा ५ जना सरकारी वकिल र जाहेरीवालाको तर्फवाट ३ जना बरिष्ठ अधिबक्तासहित २० जनाले बहस गरेका थिए ।

गत जेठ १० गते जाजरकोटका २१ बर्षीय नवराज विकसहित ६ जना युवालाई सोतीका स्थानीयले कुटीकुटी भेरी नदीमा हत्या गरेर फालेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *